अत्यावश्यक बाहेक उपत्यकाका सरकारी कार्यालय १५ दिन बन्द गर्ने निर्णय | Khabarhub Khabarhub

अत्यावश्यक बाहेक उपत्यकाका सरकारी कार्यालय १५ दिन बन्द गर्ने निर्णय


१ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठकले अत्यावश्यक सेवाबाहेक सबै सरकारी कार्यालय १५ दिन बन्द गर्ने निर्णय गरेका छन् ।

कोरोना संक्रमणको जोखिम बढेको भन्दै अत्यावश्‍यक सेवा प्रदान गर्नेबाहेक सबै सरकारी कार्यालय बन्दको निर्णय गरेका हुन् ।

निर्णय अनुमोदनका लागि तीनवटै प्रशासनले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वका दुई संयन्त्र उच्चस्तरीय समिति र क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)मा पठाएको छ ।

वैशाख २८ गतेबाट लागू गरिएको सरकारी कार्यालय, निर्माणसामाग्री ढुवानीलगायतमा लागू गरिएको सवारी ‘टाइमकार्ड’ पनि रद्द गर्ने निर्णय भएको छ ।

प्रशासनको यो निर्णय सीसीएमसी र उच्चस्तरीय समितिबाट अनुमोदन भए सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य, विद्युत्, दूरसञ्चार, खानेपानी, दैनिक उपभोग्य बस्तु बिक्री तथा ढुवानीसँग सम्बन्धित कार्यालय मात्रै सञ्चालन हुनेछन् ।

प्रकाशित मिति : १ जेठ २०७७, बिहीबार  ११ : ०२ बजे

चिनियाँ माछा मार्ने डुङ्गा डुब्दा दुई जनाको मृत्यु, नौ बेपत्ता

एजेन्सी– दक्षिण कोरियाको राजधानी सियोलबाट करिब १८० किलोमिटर दक्षिणपश्चिम गुसान

प्रहरी कार्यालयमा आगजनी गर्ने १० जना पक्राउ

दमक– जेन-जी आन्दोलनका क्रममा यहाँस्थित इलाका प्रहरी कार्यालय तोडफोड तथा

सिल्भर भोलेन्टियर कार्यक्रमका लागि ६५ जना छनोट

काठमाडौं- काठमाडौं महानगरपालिकाले थालनी गर्न लागेको सिल्भर भोलेन्टियर कार्यक्रमका लागि

राजनीतिक अस्थिरताको फाइदा लिन खोज्दै सीके राउत, भने- मौका यही हो, मधेश प्रदेशलाई स्वायत्त घोषणा गरौँ

जनकपुरधाम- सोमबार बिहानै ४ बजे प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले

घोराही–तुलसीपुर चारलेन : सर्वेको काम सकियो

तुलसीपुर– घोराही–तुलसीपुर चारलेन सडक निर्माणका लागि सर्वेको काम पूरा भएको