भारतमा कोरोना भाइरसले २ हजार ६ सयभन्दा बढीको मृत्यु « Khabarhub

भारतमा कोरोना भाइरसले २ हजार ६ सयभन्दा बढीको मृत्यु


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या २ हजार ६ सय नाघेको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा त्यहाँ थप ९८ जनाको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या २ हजार ६४९ पुगेको छ ।

एकैदिन अरु ३ हजार ९४२ जना संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ८१ हजार ९९७ पुगेको छ ।

५१ हजार ३७९ जनाको उपचार भइरहेको छ भने अहिलेसम्म २७ हजार ९६९ जना निको भएका छन् ।

कोराना भाइरसको (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखि लकडाउन जारी गरिए पनि क्रमिक रुपमा  खुकुलो बनाउँदै लगिएको छ । मंगलबारदेखि भारतमा सीमित संख्यामा रेल सेवा सञ्चालन गर्न दिइएको छ ।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  ५ : ३९ बजे

रौतहटका सामुदायिक वनका उपभोक्तालाई आगो निभाउने सामग्री 

चन्द्रपुर– रौतहटका सामुदायिक वन उपभोक्ता समूहहरूलाई एक संस्थाले आगो निभाउनमा उपयोग

प्रधानमन्त्रीले भनिन् : दल र जेन-जी दुवैको आलोचना सहन्छौँ, तर हामी कसैको अचानो होइनौँ

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दलहरू चुनावको

पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’

सुन्दरबजार– पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय

सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

जलेश्वर– यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती