नीति तथा कार्यक्रम : सरकारको पहिलो प्राथमिकता ‘कोरोनामुक्त नेपाल’ « Khabarhub

नीति तथा कार्यक्रम : सरकारको पहिलो प्राथमिकता ‘कोरोनामुक्त नेपाल’


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारको पहिलो प्राथमिकता कोरोनामुक्त नेपाल रहेको राष्ट्रपति विद्यादेवि भण्डारीले बताएकी छन्।

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदमा पेश गर्दै राष्ट्रपति भण्डारीले कोरोना महामारीका कारण नेपाल लगाएतका देशको अर्थतन्त्रमा समेत संक्चुन आउने अबस्था मुल्याङ्कन गरेको बताइन् ।

उनले विश्व अर्थतन्त्रको संरचनाको परिवर्तनको हुनसक्ने मुलुकहरुको आयमा कमी आउने र दाता राष्ट्रको समेत आयमा कमी हुने भएकाले अधिकतम आन्तरिक स्रोतको परिचालन गर्ने नीति लिने बताइन् ।

अर्थतन्त्रलाई उत्पादनशील बनाउने, सामाजिक जनजिनवनमा क्षति हुन नदिने काम गर्ने, स्वास्थ्य शिक्षा लगाएतका क्षेत्रका स्वस्थ, शिक्षित गतिशिल सामाजिक जिवनको स्थापना गर्ने, समग्रह सन्तुलित विकासका लागि सरकारले शुरु गरेको रुपान्तरणकारी आयोजना तोकिएकै समयमा सम्पन्न गर्ने सरकारको नीति तथा कार्यक्रम रहेको उनले बताइन् ।

फजुल खर्च रोक्ने, वित्तिय अनुशासन कायम गर्ने, बेरोजगारी अन्त्यका लागि लगानी गर्ने, वैदेशिक रोजगारी गुमाएकाहरुलाई स्वदेशमै रोजगारीको व्यवस्था गर्ने, भ्रष्टाचार नियन्त्रण गरी शुसासन प्रवर्धन गर्ने, र नेपाललाई कोरोना महामारी मुक्त देश बनाउने यो सरकारको पहिलो प्राथमिकता भएको राष्ट्रपति भण्डठारीले बताइन् ।

कोरोना महामारी रोक्न स्वास्थ्य सजगताका लागि पालना गर्ने, परीक्षणलाई व्यापक बनाउने उनले बताइन् । नेपालीको रोगप्रतिरोधात्मक क्षमता विकास गर्ने सरकारको लक्ष्य रहेको समेत उनले बताइन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको दृष्टिकोण स्पष्ट र गन्तव्य निश्चित रहेको भन्दै लक्ष्यहरु पनि निर्धारित रहेको बताएकी छिन् ।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  ४ : ५६ बजे

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन