वन कार्यालयका प्रमुखसहित ३ कर्मचारी घुस लिँदा लिँदै पक्राउ « Khabarhub

वन कार्यालयका प्रमुखसहित ३ कर्मचारी घुस लिँदा लिँदै पक्राउ


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– बाराको सिमरास्थित डिभिजन वन कार्यालयका ३ जना कर्मचारी १ लाख १५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा डिभिजन वन कार्यालय सिमराका कार्यालय प्रमुख (डिभिजन वन अधिकृत) शिवशंकर ठाकुर, सहायक वन अधिकृत गौरीशंकर प्रसाद केसरी र कार्यालय सहयोग रामचन्द्र अधिकारी छन् ।

कवाडी मालसामान सम्बन्धी ठेक्का स्वीकृत गर्न भनेर सेवाग्राहीसँग घुस मागेको घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

डिभिजन वन अधिकृत ठाकुर र सहायक वन अधिकृ केसरी २५ हजार र कार्यालय सहयोगी अधिकारी ९० हजार रुपैयाँ घुससहित कार्यालयबाटै पक्राउ परेका हुन् ।

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  ४ : २५ बजे

भत्किएको तीन वर्षपछि बिरिङमा नयाँ पुल निर्माण सुरु

भद्रपुर– तीन वर्षअघि बाढीले क्षति पुर्याएको अर्जुनधारा नगरपालिका–७ स्थित बिरिङ

नेपाल गुणस्तर परिषद्को बैठक : विभिन्न गुणस्तर मापदण्ड स्वीकृत

काठमाडौं– नेपाल गुणस्तर परिषद्को ११औँ बैठकले नेपाल गुणस्तर तथा अन्तर्राष्ट्रिय

नागरिकता दिलाउन अमेरिका पुगेर बच्चा जन्माउने शैलीविरुद्ध ट्रम्प

वासिङ्टन डिसी – अमेरिकी सर्वोच्च अदालतले जन्मसिद्ध नागरिकता खारेज गर्ने

खाना पकाउने ग्यासको बढी मूल्य लिने एभरेष्ट मार्ट स्टोरलाई दुई लाख जरिवाना

काठमाडौं– स्थलगत अनुगमनका क्रममा कैफियत भेटिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता

तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं– आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । प्राप्त सूचनाअनुसार