नीति तथा कार्यक्रमबारे गगन थापाको व्यंग्य- कोरोनाको डर छैन, धन्यवाद मेरो सरकार ! « Khabarhub

नीति तथा कार्यक्रमबारे गगन थापाको व्यंग्य- कोरोनाको डर छैन, धन्यवाद मेरो सरकार !


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि व्यंग्य गर्दै अब ढुक्क भएको बताएका छन् ।

सरकारले शुक्रवार आगामी आर्थिक वर्षको लागि ल्याएको नीति तथा कार्यक्रममा कोरोना सम्बन्धि उल्लेख नगरिएको भन्दै नेपालमा कोरोनाले प्रभाव नदेखिएको भन्दै व्यंग्य गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्- “नीति तथा कार्यक्रम आउनु अगाडि डराएको थिए अब ढुक्क भएँ । कोरोनाले नेपालमा खासै प्रभाव नै पारेको रहेनछ । ”

साथै ढुकुटी पनि दह्रै भएको, साधन स्रोत प्रशस्त भएको, ठिकठाक मात्र नभएर यो वर्ष चमत्कार हुने भन्दै नीति तथा कार्यक्रम प्रति असन्तुष्टी जनाएका छन् ।

सरकारले प्रस्तुत गरेका नीति तथा कार्यक्रम भनिएका कुरामा असन्तुष्टि जनाउँदै थापाले देश प्रदेशमा भएका कोही पनि आत्तिनुपर्ने अवस्था नरहेको भन्दै व्यंग्य गर्दै सरकारलाई धन्यबाद समेत दिएका छन् ।

“देश परदेश मा भएको कोही पनि आतिनु पर्ने रहेनछ । सरकार त पाएकै हो । धन्यवाद मेरो सरकार ।’

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  ११ : २७ बजे

रुसको गुप्तचर गतिविधिबारे खुलासापछि जापान सतर्क, जासुसी नियन्त्रण थप कडा बनाउने तयारी

टोकियो– रुसले जापानलाई गुप्तचर गतिविधि सञ्चालन तथा युक्रेन युद्धसँग सम्बन्धित

सीके राउत भन्छन् : सञ्चार गृहसामुन्ने शंकास्पद गाडी राख्नेले भोलि घरमा बम पनि राख्न सक्छ

काठमाडौं – जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले विभिन्न सञ्चारगृह

भुजेल संस्कृति संरक्षण गरिँदै

दमौली– भुजेल समुदायको मौलिक सांस्कृतिक सम्पदा मानिने चुड्का नाच पछिल्ला

दोवा-सोवाङ-चिमखोला पदमार्ग पहिचान

म्याग्दी– जिल्लाको अन्नपूर्ण गाउँपालिका-१ दोवाबाट सोवाङधुरी हुँदै रघुगङ्गा गाउँपालिका-७ चिमखोला