२५० उद्योगका ३६९ वस्तुले पाए एनएस चिह्न « Khabarhub

२५० उद्योगका ३६९ वस्तुले पाए एनएस चिह्न


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल गुणस्तर तथा नापतौल विभागले २ सय ५० उद्योगबाट उत्पादित ३ सय ६९ उद्योगलाई नेपाल गुणस्तर चिह्न (एनएस) प्रदान गरेको छ ।

विभागले हालसम्म स्वदेश तथा विदेशमा उत्पादन भएका उद्योगका उत्पादित वस्तुलाई नेपाल गुणस्तर चिह्न प्रदान गरेको हो । गुणस्तर चिह्न प्राप्त गर्नेमा ७१ सिमेन्ट उद्योगबाट उत्पादित १ सय ३५ वस्तु, २५ डण्डी उद्योगबाट उत्पादित २५ वस्तु, २३ पिभिसी केवल उद्योगबाट उत्पादित २३ वस्तु, १० एलपिजी उद्योगबाट उत्पादित १० वस्तु, १३ पिभिसी पाइप उद्योगबाट उत्पादित १३ वस्तु र २९ एचटिपिई पाइप उद्योगबाट उत्पादित २९ वस्तु रहेका छन् ।

एनएस चिह्न प्राप्त गर्ने सिमेन्ट उद्योगमा ६३ ओपिसी, १४ पिएससी र ५८ पिपिसी रहेका छन् । विभागले गत वर्षदेखि विदेशमा उत्पादित वस्तुलाई पनि एनएस चिह्न दिन सुरु गरेको छ । विभागले भारतमा उत्पादित नौ उद्योगका १४ वस्तु र चीनमा उत्पादित एक उद्योगको एक वस्तुलाई एनएस चिह्न प्रदान गरेको छ ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले दर्ता र गुणस्तर पु¥याएर विभागमा निवेदन दिएका उद्योगलाई उत्पादित वस्तुको गुणस्तर हेरेर एनएस चिह्न प्रदान गरिएको जानकारी दिनुभयो । ‘धेरै उद्योगबाट उत्पादित वस्तुलाई एनएस चिह्न प्रदान गरे पनि कतिपय उद्योगले नविकरण गरेका छैनन्’, उहाँले भन्नुभयो । विभागले चालु आर्थिक वर्षमा १६ उद्योगबाट उत्पादित १९ वस्तुलाई एनएस चिह्न प्रदान गरेको छ ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  ११ : ५८ बजे

कुवेतको विद्युत् तथा पानी प्रशोधन केन्द्रमा इरानको आक्रमण, खानेपानी आपूर्तिमा चिन्ता

कुवेत– इरानले गरेको आक्रमणबाट कुवेतको विद्युत् उत्पादन तथा समुद्री पानी

स्टार्मरको राजीनामापछि बर्नहम बेलायतको प्रधानमन्त्री बन्ने

एजेन्सी– लेबर पार्टीका वरिष्ठ नेता तथा ग्रेटर म्यानचेस्टरका पूर्वमेयर एन्डी

नेपालको राजनीतिमा ‘वनाना रिपब्लिक’

सर्वप्रथम हामीले ‘वनाना रिपब्लिक’ भनेको के हो ? कहाँबाट सुरु

इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव

काठमाडौं– यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले

मधेस विश्वविद्यालयमा तीन नयाँ शैक्षिक कार्यक्रम विस्तार हुँदै

जनकपुरधाम- मधेस विश्वविद्यालयले चालु शैक्षिक सत्र २०८३ देखि थप तीन वटा