कोरोना भाइरस संक्रमणका समयमा गुर्जोको सेवन कति फाइदाजनक ? « Khabarhub

कोरोना भाइरस संक्रमणका समयमा गुर्जोको सेवन कति फाइदाजनक ?

गुर्जोको सेवनले रोगप्रतिरोधात्मक क्षमतामा वृद्धि


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

चाणक्य नीतिदर्णपको अध्याय ९ को चौथो श्लोकमा चाणक्यले भनेका छन् ।

सर्वौषधीनाममृतं प्रधानं सर्वेषु सौख्येष्वशनं प्रधानम् ।
सर्वेन्द्रयाणं नयनं प्रधानम् सर्वेषु गात्रेषु शिरः प्रधानम् ।।

अर्थात सवै औषधिहरुमा गुर्जो मुख्य छ । सबै सुखहरुमा भोजन मुख्य छ । सबै ईन्द्रियहरुमा आँखा श्रेष्ठ छ । सबै शरीरमा शिर(टाउको) प्रधान छ ।

हाम्रो गाँउ घरमा पाईने गुर्जो (एक प्रकारको लहरा) जसको सेवनले सवै प्रकारको रोगहरुलाई निको पार्ने वा शरीरमा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतामा वृद्धि गर्ने कुरा चाणक्यले उल्लेख गरेका छन् ।

औषधीय गुणले भरिपूर्ण यो लहरा नेपाली ग्रामीण भेगमा ज्योरो, रुघाखोकी र चिसोमा लाग्ने बाथ लगायत अन्य धेरै रोगको औषधिको रुपमा प्रयोग गरिन्छ । साथै बिभिन्न खालको एलर्जी,चर्मरोग, पेट रोगमा रामवाण मानिन्छ ।

संस्कृतमा गिलोयसत्वा भनेर चिनिने यसको वैज्ञानिक नाम टिनोस्पोरा कार्डिफोलिया हो ।
आनन्दमार्गका प्रवर्तक श्री आनन्दमूर्ती जीले गुर्जोको बारेमा प्रकास पार्दै गुर्जोमा सर्वोषदीय गुण रहेको हुनाले यसको विहान बेलुकी सेवनगर्नाले सवै प्रकारका रोगहरु निको हुनुको साथै यसको संरक्षण र संवद्र्धन गर्ने पर्ने कुरामा जोड दिएका छन् ।

भारतीय टेलिभिजनको एक अन्तर्वातामा बाबा रामदेवले पनि अमृता अर्थात गुर्जोको सेवनले शरीरमा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतामा वृद्धि गर्ने कुरा बताएका थिए । त्यसै गरि आयुर्वेदका ज्ञाता मानिने बालकृष्ण आचार्यले गुर्जोको सहि तरिकाले प्रयोग गर्ने हो भने यसले रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि गर्ने उल्लेख गरेका छन् ।

कलमपित्त तथा कलेजो सम्बन्धी समस्यासँगै भाईरसको सङ्क्रमणविरुद्ध गुर्जोले लड्न सक्ने उनको भनाई छ । नेपालको जुनसुकै वातावरणमा यो लहरा हुन्छ वा खेतीगर्न सकिन्छ ।

त्यसैगरि वनस्पति विज्ञ प्रोफेसर डा. प्रमोदकुमार झाले पनि नेपालमा पाईने गुर्जोको सेवनगर्न सुझाव दिने गरेका छन् । उनका अनुसार गुर्जोमा औषधीय गुणको टिनोस्पोरिन, टिनोस्पाराएड, कर्डिफोलाईड्स, कर्डिफोला, पिक्रोटिन, बरजेनिनलगायतका विभिन्न खाले बहुउपयोगि रासायनिकतत्व पाईन्छन् ।

जसलाई बिहान बेलुकी सेवन गर्नाले बिभिन्न रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतामा वृद्धि हुन्छ । हालसम्म खोप वा कुनै उपचार पद्धति विकास नभएकोले देशभित्रै रहेका जडीबुटीको उपयोग गर्नुपर्ने विज्ञहरुको सुझाव छ ।
ज्यो.दुर्गा भण्डारी 

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  ११ : ०९ बजे

कार्बन उत्सर्जनमा चीन, अमेरिका र भारत अगाडि, भोटेकोशी विपद्को पुनरुत्थानमा सघाउलान् ?

काठमाडौं– भदौ १० गतेको बिहान भोटेकोशी नदीमा विनाशकारी बाढी आयो

भोटेकोशी बाढीबाट जनधनको क्षतिप्रति भारतद्वारा दु:ख व्यक्त

काठमाडौं- गत भदौ १० गते बुधबार रसुवास्थित भोटेकोशी नदीमा आएको

विश्वसँग दान र सहयोग होइन, क्षतिपूर्ति मागौं : वातावरण कानुनका ज्ञाता श्रेष्ठ

काठमाडौं- नेपालले लामो समयदेखि भोगिरहेको जलवायु परिवर्तनको असरसम्बन्धी कानुनी लडाईमा

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सम्झनामा पर्यटन बोर्डमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान

रूसको उत्तरी क्षेत्रमा हिमपहिरो : ११ जनाको मृत्यु, छ बेपत्ता

मस्को-  रुसको उत्तरी काकेसस क्षेत्रमा रहेको काबार्दिनो–बाल्कारिया गणतन्त्रमा हिमपहिरोमा परी ११