सर्वोच्च अदालतमा १९ सदस्यीय बृहत् पूर्ण इजलास गठन « Khabarhub

सर्वोच्च अदालतमा १९ सदस्यीय बृहत् पूर्ण इजलास गठन


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लकडाउनले अप्ठेरो पारेका मुद्दाबारे छलफल गर्न सर्वोच्च अदालतमा १९ सदस्यीय बृहत् पूर्ण इजलास गठन भएको छ ।

लकडाउनका कारण उठ्ने म्याद, हदम्याद अनि तारेखका विषयवस्तुबारे सम्बोधन गर्न सर्वोच्च अदालतमा बहालवाला एकजना बाहेक सबै न्यायाधीश सम्मिलित बृहत्तर इजलास गठन भएको हो ।

इजलासमा सर्वोच्च अदालतकै मुद्दा महाशाखाबाट तयार भएको प्रतिवेदनबारे छलफल हुनेछ । उक्त प्रतिवेदनका साथमा अधिवक्ताहरु टिकाराम भट्टराई र महेश्वर श्रेष्ठलगायतले दर्ता गरेको निवेदन पनि साथमा राखिएको छ ।

सर्वोच्चमा हाल २० जना न्यायाधीश बहाल रहेकोमा १९ सदस्यीय इजलास गठन भएको हो । न्यायाधीश डम्बरबहादुर शाहीले केही दिनभित्रै अवकाश लिने भएकाले उनलाई इजलासमा समावेश गरिएको छैन । सर्वोच्चमा एउटा न्यायाधीशको पद भने रिक्त छ ।

 

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  ७ : ३५ बजे

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट, भोटेकोशी बाढीको क्षतिप्रति समवेदना

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब नरेन्द्र मोदी विमानस्थल

काठमाडौँ- भारतमा नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम परिवर्तन गरी नरेन्द्र मोदी

लिग-२ : नेपालले विश्वकप खेल्ने सम्भावना कति ?

काठमाडाैँ – आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको

वरिष्ठ उपसभापतिमा निर्विरोध बनेका विश्वप्रकाश शर्माले गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा निर्विरोध वरिष्ठ उपसभापति