विश्व स्वास्थ्य संगठनलाई २ अर्ब डलर सहयोग गर्ने चीनको घोषणा « Khabarhub

विश्व स्वास्थ्य संगठनलाई २ अर्ब डलर सहयोग गर्ने चीनको घोषणा


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारीसँग जुध्न चीनले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) लाई २ अर्ब अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ ।

उक्त रकम दुई बर्षभरीमा कोरोनाभाइरसविरुद्ध लड्नका लागि प्रदान गर्ने चिनियाँ राष्ट्रपति सि चिन फिङले जानकारी दिए ।

सोमबार चिनियाँ राष्ट्रपती सिले विश्वभरी कोरोनाभाइरसको महामारी फैलिएकाले त्यसको नियन्त्रण तथा न्युनिकरणका डब्ल्युएचओलाई सहयोग रकम उपलब्ध गराउने घोषणा गरेका हुन् ।

विश्व स्वास्थ्य सम्मेलनका क्रममा राष्ट्रपति सिले कोरोनाभाइरस सम्वन्धी सम्पूर्ण विवरण चीनले डब्लुएचओे र अन्य देशहरुलाई उपलब्ध गराउने पनि जानकारी दिए ।

संगठनलाई अमेरिकाले यसअघि दिँदै आएको सहयोग कटौती गरेको बेला चीनले भने सहयोगको घोषणा गरेको हो ।

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  ६ : २८ बजे

कामपामा सुत्केरी र नवजातको घरमै स्वास्थ्य जाँच

काठमाडौं –  काठमाडौं महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे घरमै

डीजल संकटबीच ट्रम्पले दिए निर्यात रोक्ने संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा डिजेलको कमी देखिन थालेपछि

चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबार बढ्यो

सुनसरी– चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको

यु–१९ विश्वकप र एनपीएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता आईसीसी

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर– यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै