ललितपुरका कोरोना संक्रमित व्यक्ति इपिडिमियोलोजी महाशाखाकै चिकित्सक « Khabarhub

ललितपुरका कोरोना संक्रमित व्यक्ति इपिडिमियोलोजी महाशाखाकै चिकित्सक


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मंगलबार कोरोना संक्रमण पुष्टि भएका ललितपुरका व्यक्ति चिकित्सक भएको खुलेको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीले ललितपुरका कोरोना संक्रमित व्यक्ति चिकित्सक भएको जानकारी दिएका हुन् ।

सहप्रवक्ता डा. अधिकारीका अनुसार उनी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा कार्यरत कर्मचारी हुन् । महाशाखामा कार्यरत उनी कोरोना संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङ तथा नमूना संकलनमा समेत खटिँदै आएका थिए । सोही क्रममा उनलाई कोरोना संक्रमण भएको हुनसक्ने अनुमान गरिएको छ ।

सहप्रवक्ता डा अधिकारीका अनुसार उनी २६ वर्षीया पुरुष हुन् । उनी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा कोरोना परीक्षणका लागि आउने मानिसहरुको स्वाब संकलनमा समेत खटिदै आएका थिए ।

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  ८ : ०७ बजे

प्रचारप्रसार नहुँदा ओझेलमा गौरीगाउँ ताल

दाङ– तुलसीपुर उपमहानगरपालिका-१० मा अवस्थित गौरीगाउँ ताल पर्यटकीय दृष्टिकोणले आकर्षक

काठमाडौं महानगरको आर्थिक ऐन कार्यान्वयनमा

काठमाडौं– काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षका लागि करदातालाई छुट, जरिवाना

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै युवाहरू सडकमा

काठमाडौं – नेपालमा प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्नुपर्ने मुख्य मागसहित

श्रम शोषणविरुद्ध माइतीघरमा चिकित्सकको प्रदर्शन

काठमाडौं – विभिन्न अस्पतालमा इन्टर्नसिप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत तथा आवासीय

तेल तथा ऊर्जा क्षेत्रको विकासका लागि इराकले अमेरिकासँग गर्यो ४८ सम्झौता

बग्दाद- इराकले तेल तथा ऊर्जा क्षेत्रको विकास र आर्थिक सहकार्य विस्तारका