रोल्पाको आइसीयुमा मृत्यु भएका युवकको पीसीआर रिपोर्ट नेगेटिभ « Khabarhub

रोल्पाको आइसीयुमा मृत्यु भएका युवकको पीसीआर रिपोर्ट नेगेटिभ


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- गत सोमबार जिल्ला अस्पताल रोल्पाको आइसीयुमा मृत्यु भएका युवकको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ।

दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान मंगलवार गरिएको परीक्षणमा उनको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो।

रोल्पा नगरपालिका–१ का २२ वर्षका ती युवकको दुबै मृगौला फेल भएपछि ज्यान गएको थियो ।

काठमाडौंमा डायलसिस गराउँदै आएका उनी लकडाउनकै बीच आइतबार बेलुकी रोल्पा पुगेका थिए । उनी सोहि दिन रोल्पा अस्पतालको आइसोलेशनमा भर्ना भएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको थियो ।

यस्तै, प्रतिष्ठान, राप्ती प्रादेशिक अस्पातल , स्वास्थ्य कार्यालय दाङ, दाङमा रहेका क्वारेन्टाइनबाट संकलन गरिएको स्वाब, प्यूठान जिल्लाबाट आएको स्वाब परीक्षण गर्दा १०४ जनाको रिपोर्ट नेगेटिभ आएको प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलाशप्रशाद देवले जानकारी दिए।

प्रतिष्ठानमा मंगलबारसम्म ६८५ जनाको रिपोर्ट परीक्षण गरिएको छ। ती मध्ये ६८३ रिपोर्ट नेगेटिभ आएको र दुईजनाको पोजिटिभ आएको प्रतिष्ठानले जानकारी दिएको छ।

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  ७ : ३१ बजे

प्रधानमन्त्री कार्यालयको साप्ताहिक ब्रिफिङ: के गर्दैछ सरकार ?

काठमाडाैँ – आगामी चाडपर्व र विपद्पश्चात्को अवस्थामा आपूर्ति शृंखलामा पर्न

पिकअप जिपमा सिटी सफारी ठोक्किँदा २ वर्षीया बालिकाको मृत्यु, एक वृद्धा घाइते

उदयपुर– त्रियुगा नगरपालिका-११ फिल्म हल नजिक मदन भण्डारी लोकमार्गमा पिकअप जिपमा

कङ्गोमा इबोला घट्दै, सीमापार फैलिने जोखिम

किन्शासा– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घटे पनि

खाद्यको सहुलियत बिक्री केन्द्रमा उपभोक्ता आकर्षित

राँझा– चाडपर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित

कांग्रेस महाधिवेशन: मतदानको समय ५ बजेसम्म थपियो

काठमाडाैँ – नेपाली कांग्रेसको काठमाडौंमा भइरहेको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय