रोल्पाको आइसीयुमा मृत्यु भएका युवकको पीसीआर रिपोर्ट नेगेटिभ | Khabarhub Khabarhub

रोल्पाको आइसीयुमा मृत्यु भएका युवकको पीसीआर रिपोर्ट नेगेटिभ


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- गत सोमबार जिल्ला अस्पताल रोल्पाको आइसीयुमा मृत्यु भएका युवकको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ।

दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान मंगलवार गरिएको परीक्षणमा उनको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो।

रोल्पा नगरपालिका–१ का २२ वर्षका ती युवकको दुबै मृगौला फेल भएपछि ज्यान गएको थियो ।

काठमाडौंमा डायलसिस गराउँदै आएका उनी लकडाउनकै बीच आइतबार बेलुकी रोल्पा पुगेका थिए । उनी सोहि दिन रोल्पा अस्पतालको आइसोलेशनमा भर्ना भएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको थियो ।

यस्तै, प्रतिष्ठान, राप्ती प्रादेशिक अस्पातल , स्वास्थ्य कार्यालय दाङ, दाङमा रहेका क्वारेन्टाइनबाट संकलन गरिएको स्वाब, प्यूठान जिल्लाबाट आएको स्वाब परीक्षण गर्दा १०४ जनाको रिपोर्ट नेगेटिभ आएको प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलाशप्रशाद देवले जानकारी दिए।

प्रतिष्ठानमा मंगलबारसम्म ६८५ जनाको रिपोर्ट परीक्षण गरिएको छ। ती मध्ये ६८३ रिपोर्ट नेगेटिभ आएको र दुईजनाको पोजिटिभ आएको प्रतिष्ठानले जानकारी दिएको छ।

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  ७ : ३१ बजे

पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

भरतपुर– सुक्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

सिने ब्रिफ : कोही ‘जुठो पानी’ले नै चर्चामा, कोही फिल्म नपाएर गुमनाम

हेडलाइन…नायक जीवन लुइँटेल ६ वर्षपछि ठूलो पर्दामा कमब्याक गर्दै, अमेरिका

भियतनामकी उपराष्ट्रपति सुआन नेपाल आउँदै

काठमाडौं– समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन नेपालको

संखुवासभामा भूकम्पको धक्का

संखुवासभा– पूर्वी नेपालको संखुवासभामा भूकम्पको धक्का महसुस भएको छ ।

आज १६०औँ मोती जयन्ती मनाइँदै

काठमाडौं– राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १६०औँ जन्मजयन्ती आज देशभर