अभ्यासमा फर्किए ह्युडोसन ओडी « Khabarhub

अभ्यासमा फर्किए ह्युडोसन ओडी


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चेल्सीका विङ्गल कलुम ह्युडोसन ओडी अभ्यासमा फर्किएका छन् । आइतबार प्रहरीले पक्राउ गरेका ओडी मंगलबार अभ्यासमा फर्किएका हुन् ।

इङ्ग्ल्यान्डका राष्ट्रिय टोलीका खेलाडी १९ वर्षीय ओडीमाथि एक महिलाले बलात्कार आरोप लगाएपछि उनलाई प्रहरीले हिरासतमा लिएको थियो ।

ओडीमाथि बलात्कार आरोप लगाउने युवती अहिले अस्पतालमा उपचाररत छिन् । तर, बेलमा ओडी भने हिरासत मुक्त भएका छन् । हिरासत मुक्त ओडीको कोरोना भाइरस जाँचमा नेगेटिभ आएपछि उनी अभ्यासमा फर्किएका हुन् ।

मार्चदेखि रोकिएको प्रिमियर लिगको पहिलो चरणमा खेलाडीहरुले सानो समुहमा अभ्यास गर्ने प्रोटोकल बनाएर गरिरहेका छन् ।

कोरोना भाइरसको जोखिमकै बीच अभ्यास सुरू भएको प्रिमियर लिगमा मंगलबार खेलाडीसहित ६ जनालाई कोरोनाको संक्रमण पुष्टि भएको छ । जसमा प्रिमियर लिगमा १९ क्लबका ७४८ जनाको जाँच गरिएको थियो ।

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  ९ : ४८ बजे

अमेरिकाको मिसौरीमा गोली हानाहान : दुई प्रहरीको मृत्यु, तीन घाइते

एजेन्सी– संयुक्त राज्य अमेरिकाको मिसौरी राज्यको काउन्टीमा भएको गोली हानाहानमा

एन्फा राष्ट्रिय लिग : लालीगुराँस शीर्षस्थानमा

काठमाडौं– लालीगुराँस एसोसिएसन एन्फा राष्ट्रिय लिगको शीर्षस्थानमा उक्लिएको छ । 

तेहरान हिरासतमा रहेका आफ्ना नागरिकलाई रिहा गर्न जापानको माग

टोकियो– जापान सरकारले जनवरीदेखि तेहरानमा हिरासतमा रहेका एक जापानी नागरिकलाई

चुनावी घोषणापत्र : वैदेशिक रोजगारीमा जानेलाई कांग्रेसको विशेष, अन्य दलको औसत सम्बोधन

काठमाडौं– फागुन २१ गते हुने निर्वाचन लक्षित गरी राजनीतिक दलहरूले

कार्यकाल सकिए पनि पुनः एमालेमा क्रियाशील हुन्छु : राष्ट्रियसभा उपाध्यक्ष घिमिरे

काठमाडौं– राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले राष्ट्रियसभामा हुने प्रतिनिधित्व निकै उत्तम