नेपालमा आज कुन जिल्लामा कति जना कोरोना संक्रमित थपिए ? « Khabarhub

नेपालमा आज कुन जिल्लामा कति जना कोरोना संक्रमित थपिए ?


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा बुधवार (आज) थप २५ जनामा कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितहरु बाँके, धनकुटा, कपिलवस्तु र नवलपरासी(पश्चिम)का रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितमा ३ देखि ४८ वर्ष उमेरसम्मका रहेका छन् भने त्यसमा ७ जना महिला र १८ जना पुरुष रहेका छन्। बाँकेमा मात्र आज ६ जनामा कोरोना संक्रमण देखिएको छ । १७, २०, २८, ३०, ४० वर्षका उनीहरु नरैनापुरका हुन् भने खजुराका २७ वर्षीय पुरुष रहेका छन् ।

कपिलवस्तुमा आजमात्रै १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज गरिएको परीक्षणमा पोजेटिभ पाइएका संक्रमितहरु कपिलवस्तुको विजयनगर क्वारेन्टाइनमा रहेका २२, ३५ र ४८ वर्षका पुरुषहरु रहेका छन् । त्यस्तै महाराजगञ्ज गाउँपालिकामा रहेको क्वारेन्टाइनमा ३, ४ र ६ वर्षका बालबालिका रहेका छन् भने त्यहिँको क्वारेन्टाइनमा रहेका वर्ष १६, २५ र ३२ वर्षीया महिलाहरु रहेका छन् । त्यस्तै सोहि क्वारेन्टाइनमा रहेका १२, २०, २४ र ३४ वर्षका पुरुषहरु रहेको मन्त्रालयले बताएको छ ।

त्यस्तै धनकुटामा आज ५ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित हुनेमा २८, २९, ३५ र २७ वर्षीय पुरुषहरु तथा २४ वर्षीया महिला रहेकी छिन् । उनीहरु हाल धनकुटामा बस्दै आएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै आजै नवलपरासी (पश्चिम)मा पनि १ जनामा कोरोना संक्रमण देखिएको छ । नवलपरासी (पश्चिम)मा स्थित सुस्ता गाउँपालिकाको बेलपानी क्वारेन्टाइनमा रहेका २४ वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ । यसरी हालसम्म नेपालमा ४ सय २७ जनामा संक्रमण फैलिएको र जसमध्ये ३ सय ५८ जना पुरुष रहेका छन् भने ६९ जना महिलाहरु रहेका छन् ।

हालसम्म नेपालमा ४५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । आजै मात्र कोशी अञ्चल अस्पतालमा उपचाररत उदयपुरका ८ जना पुरुषहरु कोरोना उपचारपछि निको भएर घर गएको मन्त्रालयले जनाएको छ । नेपालमा २ जनाले कोरोनाको कारण ज्यान गुमाएका र १ जनाको अवस्था गम्भीर रहेको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  ५ : ३२ बजे

महाधिवेशनमा सबै पुस्ता र वर्गलाई जोड्ने प्रयास गरेका छौँ : विश्वप्रकाश शर्मा

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले महाधिवेशनमा युवाहरूको ठूलो आकर्षण

स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन, पाँच दिनमा प्रतिवेदन बुझाउन निर्देशन

पोखरा – पोखरामा भएको स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति

पोखरा बस दुर्घटना : अस्पतालमा आफन्तको भीड (तस्बिरहरू)

पोखरा– पोखरामा भएको स्कुल बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको

दशक लामो अन्योल चिर्दै बन्यो लालबकैया पुल : कहिले हुन्छ सञ्चालन ?

काठमाडौँ – रौतहटको लालबकैया नदीमाथि निर्माणाधीन पुल लामो समयको अन्योल

कांग्रेस महाधिवेशन : साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो, कति समयमा सकिन्छ मतदान ?

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि