नेपालमा आज कुन जिल्लामा कति जना कोरोना संक्रमित थपिए ? | Khabarhub Khabarhub

नेपालमा आज कुन जिल्लामा कति जना कोरोना संक्रमित थपिए ?


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा बुधवार (आज) थप २५ जनामा कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितहरु बाँके, धनकुटा, कपिलवस्तु र नवलपरासी(पश्चिम)का रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितमा ३ देखि ४८ वर्ष उमेरसम्मका रहेका छन् भने त्यसमा ७ जना महिला र १८ जना पुरुष रहेका छन्। बाँकेमा मात्र आज ६ जनामा कोरोना संक्रमण देखिएको छ । १७, २०, २८, ३०, ४० वर्षका उनीहरु नरैनापुरका हुन् भने खजुराका २७ वर्षीय पुरुष रहेका छन् ।

कपिलवस्तुमा आजमात्रै १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज गरिएको परीक्षणमा पोजेटिभ पाइएका संक्रमितहरु कपिलवस्तुको विजयनगर क्वारेन्टाइनमा रहेका २२, ३५ र ४८ वर्षका पुरुषहरु रहेका छन् । त्यस्तै महाराजगञ्ज गाउँपालिकामा रहेको क्वारेन्टाइनमा ३, ४ र ६ वर्षका बालबालिका रहेका छन् भने त्यहिँको क्वारेन्टाइनमा रहेका वर्ष १६, २५ र ३२ वर्षीया महिलाहरु रहेका छन् । त्यस्तै सोहि क्वारेन्टाइनमा रहेका १२, २०, २४ र ३४ वर्षका पुरुषहरु रहेको मन्त्रालयले बताएको छ ।

त्यस्तै धनकुटामा आज ५ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित हुनेमा २८, २९, ३५ र २७ वर्षीय पुरुषहरु तथा २४ वर्षीया महिला रहेकी छिन् । उनीहरु हाल धनकुटामा बस्दै आएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै आजै नवलपरासी (पश्चिम)मा पनि १ जनामा कोरोना संक्रमण देखिएको छ । नवलपरासी (पश्चिम)मा स्थित सुस्ता गाउँपालिकाको बेलपानी क्वारेन्टाइनमा रहेका २४ वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ । यसरी हालसम्म नेपालमा ४ सय २७ जनामा संक्रमण फैलिएको र जसमध्ये ३ सय ५८ जना पुरुष रहेका छन् भने ६९ जना महिलाहरु रहेका छन् ।

हालसम्म नेपालमा ४५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । आजै मात्र कोशी अञ्चल अस्पतालमा उपचाररत उदयपुरका ८ जना पुरुषहरु कोरोना उपचारपछि निको भएर घर गएको मन्त्रालयले जनाएको छ । नेपालमा २ जनाले कोरोनाको कारण ज्यान गुमाएका र १ जनाको अवस्था गम्भीर रहेको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  ५ : ३२ बजे

सङ्खुवासभामा शुक्रबार बिहानसम्म कर्फ्यु

खाँदबारी– जेन–जी आन्दोलनसँगै उत्पन्न सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी जिल्ला प्रशासन

बालेनसँग आक्रोशित हर्क : संकट पर्दा लुकेर मैदानमा नउत्रिएको आरोप

काठमाडौँ- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले काठमाडौँ महानगरपालिकाका मेयर

‘संकट समाधानको नेतृत्व राष्ट्रपतिले गर्नुपर्छ’

काठमाडौं– नेपालका लेखक तथा राजनीतिक विश्लेषकहरूले राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको

यस्ता छन् राजकिशोरले अघि सारेका संकट समाधानका चार विकल्प

काठमाडौँ– जनता समाजवादी पार्टी, नेपाललका उपाध्यक्ष एवम् प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध

एनसेलले बढायो निःशुल्क लोकल कल, एसएमएस र इन्टरनेटको समयसीमा

काठमाडौं– टेलिकम सेवा प्रदायक एनसेलले मंगलबारबाट दिन थालेको निःशुल्क लोकल