ब्राजिलमा कोरोनाका बिरामीलाई मलेरियाविरुद्धको औषधि दिन अनुमति « Khabarhub

ब्राजिलमा कोरोनाका बिरामीलाई मलेरियाविरुद्धको औषधि दिन अनुमति


८ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ब्राजिल-  ब्राजिल सरकारले कोरोना भाइरस संक्रमित बिरामीको उपचारका लागि मलेरियाको औषधि प्रयोग गर्न अनुमति दिएको छ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयले क्लोरोक्विन र हाइड्रोक्सिक्लोरोक्विन औषधि कोरोनाका विरामीलाई प्रयोग गर्न अनुमति दिएको हो।

अहिलेसम्म यी औषधि कोरोना संक्रमितको उपचारमा प्रभावी हुन्छन् भन्ने प्रमाणित भइसकेको छैन । गत मार्च मेमा ब्राजिलका राष्ट्रपति जेर बोलसोनारोले सामाजिक सन्जालमार्फत् हाइड्रोक्सिक्लोरोक्विन कोरोना संक्रमितको उपचारमा निकै प्रभावी रहेको अभिव्यक्ति दिएका थिए।

गत सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि कोरोना संक्रमणबाट जोगिन आफूले हाइड्रोक्सिक्लोरोक्विन औषधि सेवन गरिरहेको बताएका थिए। ब्राजिल कोरोनाबाट सबैभन्दा धेरै प्रभावित देशहरुको सूचीमा तेस्रो स्थानमा छ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार ब्राजिलमा २ लाख ९३ हजार ३ सय ५७ जना संक्रमित छन् भने मृतकको संख्या १८ हजार ८ सय ९४ पुगेको छ।

प्रकाशित मिति : ८ जेठ २०७७, बिहीबार  ९ : ५३ बजे

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको

फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकार सम्पन्न निकाय आवश्यकः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ

नेपालले घरेलु मैदानमा भारत ‘ए’सँग तीन खेलको टी–२० सिरिज खेल्ने

काठमाडौं – नेपालले यसै वर्ष घरेलु मैदानमा भारत ‘ए’ टोलीसँग