उच्च रक्तचापका बिरामीलाई उपयोगी ७ कुरा « Khabarhub

उच्च रक्तचापका बिरामीलाई उपयोगी ७ कुरा


८ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उच्च रक्तचाप अर्थात हाई ब्लडप्रेसर जसलाई हाई बीपी वा हाइपरटेंशन पनि भनिन्छ ।

यस रोगका बिरामीलाई आफ्नो प्रेसर सन्तुलन राख्न निकै ग्राहो हुने गर्दछ । गलत खानपान, मोटापना र गलत जीवनशैलीका कारण मानिस उच्च रक्तचापका सिकार हुने गर्दछन् । यस्तोमा मानिसले आफ्नो नियमित डाइटमा यी ७ वस्तु समावेश गरे उच्च रक्तचापको समस्या न्युन भएर जाने गर्दछ ।

१. पात भएका तरकारी

हरियो पातयुक्त साग वा तरकारीमा अधिक मात्रामा पोटासियम हुने गर्दछ । पोटासियमले किडनीमा सोडियमको नकारात्मक असर पर्न दिदैन । मुत्रका रुपमा सबै बाहिर निकालिदिन्छ । तसर्थ आफ्नो डाइटमा साग, मुला, काउली लगायतका तरकारी समावेश गरेमा उच्च रक्तचाप कम भएर जानेछ ।

२. जामुन

ब्लूबैरी अर्थात जामुनमा फ्लेवनायड नामक विशेष पदार्थ पाइन्छ । जसले हाई ब्लडप्रेसर वा लो ब्लड प्रेसरको समस्यालाई नियन्त्रण गरी सन्तुलित बनाउँछ ।

३. चुकन्दर

चुकन्दरमा पाइने नाइट्रिक अक्साइडले रक्त कोषिकालाई खोली ब्लडप्रेसरको समस्याबाट मुक्ति दिलाउँछ ।

एक अध्ययनका अनुसार चुकन्दरको जुस बनाएर पिएमा २४ घण्टा भित्र ब्लडप्रेसर नियन्त्रणमा आउने गर्दछ ।

४. क्रिम काटेको दूध वा दहि

क्रिम नभएको दूध अर्थात छालि निकालेको दूध र दहिले पनि उच्च रक्तचापको समस्याबाट मुक्ति दिलाउने गर्दछ । तसर्थ मानिसले सातामा न्युनतम ५ पटकसम्म दहिको सेवन गर्नु लाभदायक मानिन्छ ।

५. डार्क चकलेट

डार्क चकलेट अर्थात कालो चकलेटको लेप लागेको चकलेट खाएमा कार्डियोवस्क्यूलर रोगको खतरा कम हुन्छ । डार्क चकलेटमा सामान्य चकलेट भन्दा ६० प्रतिशत ज्यादा कोका सोलिड र न्युन मात्रामा सुगर पाइन्छ । दैनिक करीब १ सय ग्राम डार्क चकलेट दहिमा मिसाएर सेवन गरे उच्च रक्तचापको समस्याबाट बच्न सकिन्छ ।

६. केरा

ब्लडप्रेसर नियन्त्रित गर्न शरीरमा पोटासियमको आवश्यकता पर्दछ । जसका लागी केराको सेवन अत्यन्तै उपयोगी मानिन्छ । केराको सेवनले क्यालोरीको मात्रा समेत पुर्ति हुन्छ ।

७. लसुन

भान्सामा सहजै पाइने लसुन अत्यन्त औषधीय गुणयुक्त आयुवेदिक दवाई मानिन्छ । लसुनको उपयोगीता हाई ब्लडप्रेसरका बिरामीका लागी निकै फाइदाजन हुन्छ । लसुनको सेवनले शरीरमा निट्रिकल अक्साइडको मात्रा बढाएर हाई ब्लडप्रेसरको समस्याबाट मुक्ति दिलाउने गर्दछ । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ८ जेठ २०७७, बिहीबार  १ : २४ बजे

रसुवाबाट सुत्केरी र नवजात शिशुको हवाई उद्धार

काठमाडौं – रसुवाको आमाछोदिङमो गाउँपालिका-३, गत्लाङकी २९ वर्षीया फुर्पुयामो तामाङ

सामूहिक प्रयासबाट देश छिट्टै संकटबाट बाहिरिने छ : मन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सरकार, सरोकारवाला निकाय

कार्बन उत्सर्जनमा चीन, अमेरिका र भारत अगाडि, भोटेकोशी विपद्को पुनरुत्थानमा सघाउलान् ?

काठमाडौं– भदौ १० गतेको बिहान भोटेकोशी नदीमा विनाशकारी बाढी आयो

भोटेकोशी बाढीबाट जनधनको क्षतिप्रति भारतद्वारा दु:ख व्यक्त

काठमाडौं- गत भदौ १० गते बुधबार रसुवास्थित भोटेकोशी नदीमा आएको