लमजुङमा श्रम गरेपछि मात्र राहत पाइने « Khabarhub

लमजुङमा श्रम गरेपछि मात्र राहत पाइने


८ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- कोरोना भाइरसको जोखिम हुन नदिन लकडाउन जारी रहँदा समस्यामा परेकालाई श्रम गरेपछि मात्र राहत वितरण गरिने भएको छ ।

जिल्लाको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिकाको बुधबार बसेको गाउँपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले श्रमिक, मजदुर तथा विपन्न परिवारलाई श्रममा आधारित राहतको व्यवस्था गर्ने निर्णय गरेको हो ।

सो गाउँपालिकाले यसअघि एक हजार २०० परिवारलाई पहिलो चरणको राहत वितरण गरिसकेको जनाएको छ । अब गाउँपालिकाले श्रम गरेपछि मात्र राहत दिने निर्णय गरेको गाउँपालिका उपाध्यक्ष होमबहादुर विकले जानकारी दिए।

उनले भने, ‘हामीले श्रमका आधारमा राहत वितरण गर्नेछौँ । यसरी श्रम गरेर राहत दिँदा श्रमलाई माया गर्ने, विश्वास गर्ने र सबै कुरामा राज्यसँग निर्भर हुनु नपर्ने हुँदा राज्यलाई समेत कम भार पर्ने भएकाले श्रम गरेर मात्र राहत दिने निर्णय पालिकाले गरेको छ ।’

त्यस्तै सो बैठकले अत्यावश्यक वस्तुको ओसारपसारका लागि प्रयोग हुने सवारी साधन आवश्यकताको आधारमा सम्बन्धित वडाध्यक्षको सिफारिसमा मात्र सञ्चालन गर्न दिइने निर्णय गरेको छ ।

गाउँपालिकाभित्र रहेका सबै सरकारी तथा गैरसकारी सङ्घसंस्था, बैंक तथा वित्तीय क्षेत्र, अत्यावश्यक सेवा प्रवाह गर्ने व्यापार व्यवसायले स्वास्थ्य सुरक्षाका लागि मास्क, साबुनपानी तथा स्यानिटाइजरको अनिवार्य व्यवस्था गर्नुपर्ने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : ८ जेठ २०७७, बिहीबार  ३ : ३५ बजे

लागूऔषधसहित सात जना पक्राउ

बाँके– प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९ ग्राम

भोटेकोशी बाढी : जुम्लाका ६३ जना अझै सम्पर्कविहीन

जुम्ला– भोटेकोशीमा बाढीमा परेर जुम्लाका ६३ जना अझै सम्पर्कविहीन रहेका

आज विश्वकर्मा पूजा र वास्तु दिवस मनाइँदै

काठमाडौँ – कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम्

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर