सीमा विवादबारे कांग्रेस नेता रिजालले भारतीय मिडियामा दिएको जवाफ भाइरल « Khabarhub

सीमा विवादबारे कांग्रेस नेता रिजालले भारतीय मिडियामा दिएको जवाफ भाइरल


८ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  नेपाली काँग्रेसका नेता डा मिनेन्द्र रिजालले नेपाल-भारत सीमा विवादबारे भारतीय एक सञ्चार माध्यमलाई दिएको अन्तर्वार्ता सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

नेपाल र भारतका विचमा उत्पन्न सिमा विवादका बारेमा डा रिजालले दिएको जवाफलाई धेरै नेपालीले सामाजिक सञ्जालमा सेयर गरेका छन् ।

नेपालको सरकारले गलत कामहरु गरेकोमा विपक्षी पार्टीको पनि समर्थन छ र भन्दै भारतीय प्रस्तोताको जवाफमा नेता रिजालले भने, “हजारौ विषयमा सरकारसँग हाम्रो विमती छ तर सिमानाको विषयमा हामीसँगै छौँ ।”

चीनको उक्साहटमा नेपालले नयाँ नक्सा जारी गरेको भारतीय पक्षको आरोपलाई पनि उनले ठाडै खण्डन गर्दै नेपालको आफ्नो विषयमा कसैको उक्साहटमा लाग्नु नपर्ने स्पष्ट पारे । भारतको रिपक्लीक टिभीका सेलिब्रेटी पत्रकार अर्णब गोस्वामीले संसारभरी चीन एक्लो भएको र त्यसैको निर्देशनमा नेपाल चलेको व्याख्या गरेपछि धेरै भूमिका नबाधी प्रश्न सोध्न डा रिजालले सुझाएका थिए ।

उनको सुझाव पछि प्रस्तोताले लिम्पीयाधुरा, लिपुलेक, कालापानी भारतको भएको व्याख्या गर्दै प्रश्न सोधेकोमा आपत्ति जनाएका थिए ।

उनले दुई देशका नागरिकस्तरमा सम्वन्ध विगार्ने काम कसैले गर्न नहुने र देशहरुका आ आफ्ना समस्या तथा विवादलाई वार्ताबाट समाधान गर्नु पर्नेमा जोड दिए ।

प्रश्नकर्ताले नेपाललाई चीन मातहतको सरकार जस्तो भएको आरोप लगाएपछि त्यसमा पनि डा रिजालले आपत्ति जनाएका थिए ।

दुवै देशका अधिकारीहरुले छलफल गर्ने भनिरहेका बेला मिडियाले उचाल्नु ठिक नभएको उनको भनाइ थियो ।

भारतले मिचेका भूमी नेपालको हो भन्ने सम्वन्धमा नेपालसँग धेरै प्रमाण रहेको भन्दै उनले त्यसका आधारमा वार्ता गर्न नेपाल तयार रहेको बताए ।

सिमाका विषयमा बोलिरहेका बेला प्रश्नकर्ताले विचमै फरक प्रशंग जोड्न खोजेपछि डा रिजालले “मेरो उत्तर सुन्नु, व्यक्ति व्यक्तिलाई सम्मान गर्न नसक्नेले कसरी देशको सम्वन्ध राम्रो बनाउन सक्छ” भन्दै प्रतिप्रश्न समेत गरेका थिए ।

प्रधानमन्त्री ओलीले “भारतबाट आएको भाइरस बलियो परेछ” भनेर दिएको अभिव्यक्तिलाई भारतीय प्रस्तोताले प्रधानमन्त्री ओलीको भारतप्रतिको पुर्वाग्रही अभिव्यक्तिको रुपमा व्याख्या गरेका थिए ।

उनले चिनिया कोरोना भाइरस ठिक र भारतीय कोरोना भाइरस बेठिक भन्नेर प्रधानमन्त्रीले भनेको भन्दै विषयान्तर गर्न खोजेकोमा पनि डा रिजालले प्रतिवाद गरेका थिए । उनले आफू सिमानाका बारेमा मात्रै अन्तर्वार्ता दिन तयार रहेको र कोरोनाका बारेमा बोल्न समय नदिएको जवाफ दिएका थिए ।

डा रिजालले अन्तर्वार्ताका क्रममा प्रस्तोतालाई पटक पटक गलत व्याख्या गरिएको र पुर्वाग्रही भएको भन्दै सच्चिन सुझाव दिएका थिए ।

उनले सिमानाका बारेमा सारा नेपाली एक ठाउँमा रहेको बताउदै कसैको उक्साहटमा लागेको भन्ने व्याख्याको कडा रुपमा खण्डन गरेका थिए ।

प्रकाशित मिति : ८ जेठ २०७७, बिहीबार  ६ : ४२ बजे

साना नदीमा आकस्मिक बाढीको जोखिम

काठमाडौँ– आज देशका केही जिल्लाका साना नदी तथा खोलामा पानीको

उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट

दाङ– उच्च अदालत तुलसीपुरले आर्थिक वर्ष २०८२–८३ मा ७२५ वटा

महाकाली नदीमा फसेका युवकको उद्धार

महेन्द्रनगर– कञ्चनपुरको महाकाली नदीको टापुमा फसेका एक जना युवाको आज

पाण्डेको निधनबाट राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक अगुवा डा. देवेन्द्रराज

बढीले क्षतिग्रस्त रसुवागढी टिमुरे सुख्खा बन्दरगाह निर्माण अलपत्र (तस्बिरहरु)

रसुवा– एक वर्षअघि ल्हेन्दे खोलाको बाढीले ६ महिनासम्म प्रभावित रसुवा