चीनको नयाँ सुरक्षा कानूनबारे आज छलफल हुँदै, कार्यान्वयनमा आए हङकङको अस्तित्व समाप्त हुने चिन्ता « Khabarhub

चीनको नयाँ सुरक्षा कानूनबारे आज छलफल हुँदै, कार्यान्वयनमा आए हङकङको अस्तित्व समाप्त हुने चिन्ता


९ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनले सुरक्षा सम्बन्धी नयाँ कानून ल्याउने तयारी गरेको छ ।

चीनको नेशनल पिपुल्स कंग्रेसमा उक्त कानुनबारे आज छलफल हुँदैछ । उक्त कानूनमा रहेको देशद्रोह र राज्यच्यूत सम्बन्धी व्यवस्थामा  छलफल हुने जनाइएको छ ।

नयाँ कानूनमा देशद्रोह र राज्यच्युतसम्बन्धी प्रावधान कठोर बनाउने तयारी भएको सार्वजनिक भइरहँदा प्रजातन्त्रका पक्षधरहरूले भने हङकङको अस्तित्व नै अन्त्य हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

प्रजातन्त्र पक्षधरहरुले चीनले घोषणा गरेको नयाँ सुरक्षा कानून कार्यान्वयनमा आएमा अन्ततः हङकङको विलय हुन सक्ने बताएका हुन् ।

अमेरिकाले चीनको पछिल्लो घोषणाले सो क्षेत्रमा अस्थिरता पैदा गर्ने सम्भावना अधिक रहेको बताएको बीबीसीले जनाएको छ ।

सन् १९९७ मा बेलायतले हङकङको सार्वभौमसत्ता चीनलाई सुम्पिएसँगै त्यहाँ स्वायत्ततासहित एक देश दुई प्रणाली लागु छ ।

चीनको हिस्सा भएर पनि हङकङ अलग्गै रहँदा बेइजिङबाट जारी हुने गरेका कतिपय कानून तथा नीति नियमको हङकङमा जनस्तरबाट प्रतिरोध हुँदै आएको छ ।

हङकङको संविधान अनुसार त्यहाँको सरकारले राष्ट्रिय सुरक्षा सम्बन्धी कानून पारित गर्नुपर्छ । तर गएको वर्ष सुपूदर्गी सम्बन्धी विधेयकको विरोधमा लाखौं मानिसले हङकङमा सात महिनासम्म प्रदर्शन गरेपछि त्यो समेत फिर्ता भइसकेको परिप्रेक्षमा विवादास्पद बनेको र कार्यान्वयनमा नआइसकेको नयाँ सुरक्षा कानून पनि पास हुने सम्भावना कम छ ।

यसअघि सन् २००३ मा पनि सुरक्षा सम्बन्धी कानून पारित गर्न खोज्दा ५ लाखभन्दा बढी मानिसहरू विरोधमा उत्रिएपछि उक्त प्रयास असफल भएको थियो ।

प्रकाशित मिति : ९ जेठ २०७७, शुक्रबार  ६ : ४४ बजे

कामपामा सुत्केरी र नवजातको घरमै स्वास्थ्य जाँच

काठमाडौं –  काठमाडौं महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे घरमै

डीजल संकटबीच ट्रम्पले दिए निर्यात रोक्ने संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा डिजेलको कमी देखिन थालेपछि

चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबार बढ्यो

सुनसरी– चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको

यु–१९ विश्वकप र एनपीएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता आईसीसी

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर– यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै