पेट दुख्यो ? यसरी घरमै गर्नुहोस् उपचार « Khabarhub

पेट दुख्यो ? यसरी घरमै गर्नुहोस् उपचार


९ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजकल अधिकाशं मानिसमा पेट दुख्नु सामान्य झै बनिसकेको छ । गलत खानपानका कारणले होस् वा गलत जीवनशैली बिभिन्न कारणले मानिसको पेट दुख्ने गर्दछ ।

पेट दुख्नासाथ धेरै मानिस तत्काल कुनै न कुनै औषधिको सेवनले यसलाई निको पार्ने गर्दछन् । तर अहिले कोरोना भाइरसको संक्रमण र यसबाट फैलिएको महामारीका कारण सहजै बजार जान वा औषधि ल्याउन सम्भव नहुन सक्छ ।

यस्तोमा बजारमा पाइने औषधि भन्दा सकेसम्म घरेलु उपाय नै अपनाउनु बुद्धिमानी हुन्छ । त्यसैले हामी कोरोनाको महामारी र लकडाउनको बेला घर भित्रै पेट दुखाई निको पार्ने केहि घरेलु उपायहरु दिँदैछौ ।

तुलसी : बिभिन्न औषधीय गुणयुक्त तुलसी पेट दुखाईको समस्याका लागी लाभकारी मानिन्छ । तुलसीको रस बनाएर एक चम्चा पिउनाले पेट दुखेकोसहित पेट बटारेको समस्याको समाधान हुन्छ ।

त्रिफला : तीन जडिबुटिको मिश्रणले बन्ने त्रिफलाले कब्जियतको समस्यासहित पेट दुखाईमा पनि फाइदा पुर्याउँछ । १ एक सय ग्राम त्रिफलाको चूर्ण र ६० ग्राम चिनि मिसाएर दैनिक २ पटक सेवन गरेमा पेटको सबै समस्याबाट राहत पाउन सकिन्छ ।

बेथुको साग : बेथुको सागले पनि पेट दुखाईको समस्यामा राहत पुर्‍याउँछ । यो सागको सेवनले आमाशयमा शक्ति प्रदान गर्छ र कब्जियतको समस्यमा समेत राहत दिलाउँछ ।

सौंफ : प्राय: माउथ फ्रेसरका रुपमा खाना खाइसकेपछि खाइने सौंफ पनि पेट दुखाईका साथसाथै पेटको समस्यामा राहत दिलाउँछ । पानीमा उमालेर सेलाएपछि यसको पानी पिउँदा वा भुटेको सौंफ चबाएर खादाँ पनि पेट दुखाईबाट राहत मिल्दछ । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ९ जेठ २०७७, शुक्रबार  १० : २२ बजे

भोटेकोशी बाढीबाट जनधनको क्षतिप्रति भारतद्वारा दु:ख व्यक्त

काठमाडौं- गत भदौ १० गते बुधबार रसुवास्थित भोटेकोशी नदीमा आएको

विश्वसँग दान र सहयोग होइन, क्षतिपूर्ति मागौं : वातावरण कानुनका ज्ञाता श्रेष्ठ

काठमाडौं- नेपालले लामो समयदेखि भोगिरहेको जलवायु परिवर्तनको असरसम्बन्धी कानुनी लडाईमा

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सम्झनामा पर्यटन बोर्डमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान

रूसको उत्तरी क्षेत्रमा हिमपहिरो : ११ जनाको मृत्यु, छ बेपत्ता

मस्को-  रुसको उत्तरी काकेसस क्षेत्रमा रहेको काबार्दिनो–बाल्कारिया गणतन्त्रमा हिमपहिरोमा परी ११

भोटेकोशी बाढी पीडितका लागि राहत र पुन:र्निर्माण प्रभावकारी बनाउन सरकारसँग ओलीको माग

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशीमा आएको विनाशकारी