विदेशबाट आउनेको स्वाब परीक्षणपछि मात्रै गाउँ पठाउन माग « Khabarhub

विदेशबाट आउनेको स्वाब परीक्षणपछि मात्रै गाउँ पठाउन माग


९ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर- पाँचथरका स्थानीय तहका प्रमुखहरुले भारतसहित विदेशबाट आउने नागरिकलाई स्वाब परीक्षण गरेपछि मात्रै गाउँ पठाउन माग गरेका छन् ।

जिल्ला समन्वय समितिले हालै फिदिममा आयोजना गरेको भेलामा स्थानीय तहका प्रमुखहरुले विदेशबाट आएकाको स्वाब परीक्षण नगरी गाउँ पठाउँदा उत्पन्न हुने परिस्थिति सामना गर्न कठीन हुने बताएका हुन् ।

शीघ्र डाइग्नोष्टिक परीक्षण (आरडिटी) विश्वासनीय नभएको बताउँदै उनीहरुले पीसीआरपछि मात्रै विदेशबाट आएकालाई गाउँ पठाउन माग गरेका छन् ।

‘बाहिरबाट आउनेहरु गाउँमा पुगेपछि न क्वारेन्टिन प्रभावकारी हुन्छ न त होम क्वारेन्टिन नै’, जिल्लाको हिलिहाङ गाउँपालिकाका अध्यक्ष भुवानीप्रसाद लिङ्देनले भने, ‘आरडिटी परीक्षणप्रति आम मानिसमा विश्वास छैन । यसैले विदेशबाट आउने सबैको स्वाब परीक्षण गरेपछि मात्रै गाउँ पठाइयोस् ।’

अध्यक्ष लिङ्देनले बिना परीक्षण विदेशबाट ल्याइएकालाई गाउँ पुर्‍याउँदा सङ्क्रमण फैलने डरसमेत उत्तिकै रहने बताए । भारतसहित अन्य मुलुकमा अलपत्र परेका तथा उद्धार गर्नुपर्ने अवस्थाका नागरिकलाई गाउँमा ल्याएर राख्ने विषयमा स्थानीय तहका जनप्रतिनिधिले यस्तो गुनासो गरेका हुन् । उनहरुले विदेशबाट ल्याइने नागरिककै कारण गाउँ–गाउँमा कोभिड–१९ को सङ्क्रमण फैलन त्राससमेत ब्यक्त गरेका छन् ।

तुम्बेवा गाउँपालिकाका अध्यक्ष होमनाथ थापाले सदरमुकाम आसपासमा ब्यवस्थित क्वारेन्टिन निर्माण गरी विदेशबाट आउनेहरुलाई दुई सातासम्म राख्ने प्रवन्ध गर्न आग्रह गरे । ‘बरु क्वारेन्टिनमा भएको खर्च हामी आफैँ ब्यहोर्छौँ’, अध्यक्ष थापाले भने, ‘सकभर विदेशबाट आउनेहरुलाई फिदिममै राखियोस् ।’

सदरमुकाम बाहिरका स्थानीय तहहरुमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी पर्‍याप्त नहुँदा विगतमा क्वारेन्टिन सञ्चालन एवम् सुरक्षा कायम गर्न कठीनाई परेको जिल्लाको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष वीरबहादुर कुरुम्बाङ तथा कुम्मायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङको निश्कर्ष छ ।

‘पर्‍याप्त सुरक्षाकर्मी नहुँदा हामीले क्वारेन्टिन ब्यवस्थापमा स्वयम्सेवकसमेत परिचालन गर्‍यो”, कुम्मायक गाउँपालिकाका अध्यक्ष चेम्जोङले भने, “स्थानीयवासी भएकै कारण क्वारेन्टिनमा बस्नेले स्थानीय तहलाई पत्याएनन् । ब्यवस्थापनमा समस्या भयो ।”

विगतमा विदेशबाट आएका, तिनको सम्पर्कमा पुगेका तथा जिल्ला बाहिरबाट ल्याइएकालाई यहाँका क्वारेन्टिनमा राखिएको थियो । क्वारेन्टिनमा राख्दा अनावाश्यक झन्झट ब्यहोर्नु परेको तथा क्वारेन्टिनमा बस्नेले अनावाश्यक सुविधा खोजेको स्थानीय तहका जनप्रतिनिधिहरुको साझा गुनासो छ ।

जनप्रतिनिधिले रोजगारीका लागि खाडी मुलुकलगायत अन्य देशमा गएका नागरिकसमेत स्वदेश फर्कनसक्ने भएकाले सदरमुकाम आसपासमा ब्यवस्थित क्वारेटिन निर्माण गर्नुपर्ने आवश्यकतासमेत औँल्याएको छ ।

‘सङ्क्रमण फैलने क्रमले चाँडै यो महामारी रोकिने देखिएन । त्यसैले स्वास्थ्य र सुरक्षालाई ध्यान दिएर अस्थायी तर ब्यवस्थित क्वारेन्टिन बनाऔँ’, हिलिहाङ गाउँपालिकाका अध्यक्ष लिङ्देनले भने ।

काठमाडौंबाट यहाँका वासिन्दा ल्याइएपछि जनप्रतिनिधिले अतिरिक्त दबाव भोग्नुपरेको गुनासो गरेका छन् ।

प्रकाशित मिति : ९ जेठ २०७७, शुक्रबार  १ : २२ बजे

कांग्रेस सांसदहरूको भूमिका संसद्‍मा प्रभावकारी रहन्छ : पूर्णबहादुर खड्का

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले संसद्मा प्रभावकारी भूमिका निर्वाह

गृहमन्त्री गुरुङद्वारा प्रहरी प्रधान कार्यालयको निरीक्षण

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका छन्

सिंहदरबार संवाद : सांसदहरू बोलिरहे, प्रधानमन्त्री सुनिरहे

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले सातै प्रदेश र सबै दलका प्रतिनिधि

सिंहदरबारमा सुरू भयो मन्त्रिपरिषद् बैठक, केही महत्त्वपूर्ण निर्णय हुँदै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरू भएको छ । प्रधानमन्त्री बालेनको सचिवालयका

टंक र अशोकबीच झगडा भएको हो ? किन छुट्टिएर फर्किए झापा ?

काठमाडौं – गायक तथा संगीतकार टंक बुढाथोकीले ८ वर्षअघि झापाको