लुकिछिपी हिँडेका १४५ भारतीय मजदूर साँगाबाट फर्काइयो « Khabarhub

लुकिछिपी हिँडेका १४५ भारतीय मजदूर साँगाबाट फर्काइयो


९ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरस सङ्क्रमण फैलिदै गएको अवस्थामा रोमथाम र नियन्त्रणका लागि एक ठाउँबाट अर्को ठाउँमा आवतजावतमा समेत रोक लगाएको अवस्थामा हिंडेरै साँगामा आइपुगेका भक्तपुरका इँटाभट्टामा काम गर्ने भारतीय मजुदरलाई प्रहरीले फर्काएको छ ।

काभ्रेपलाञ्चोक र भक्तपुरको सीमानाका साँगाबाट आज बिहान ४ बजे लुकीछिपी हिंडेर आइपुगेका १४५ भारतीय मजदुरलाई सीमा नाकामा सुरक्षार्थ खटिएका प्रहरीले भक्तपुरतर्फ फर्काएको हो ।

भारतको विहारबाट आएर भक्तपुरको कुमारी इँटा उद्योग र चाँगुनारायण इँटा उद्योगमा काम गर्दै आएका मजदुर बन्दाबन्दीका कारण समस्यामा परेको भन्दै हिंडेरै जान लागेको अवस्थामा बिहान ४ बजेको समयमा नियन्त्रणमा लिएको सीमानाकामा सुरक्षार्थ खटिएका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (सइ) हरिशरण बस्नेतले बताए । उनीहरुलाई चार वटा ट्रकमा चढाएर पहिला बस्दै आएको ठाउँमै फर्काइएको हो ।

उनका अनुसार बिपी राजमार्ग हुँदै हिंडेर जाने भन्दै साँगा आइपुगेपछि त्यहीबाट प्रहरीले नियन्त्रणमा लिएर इँटा भट्टा सञ्चालकसँग सम्पर्क गरी त्यहीबाट गाडी मगाएर सोही ठाउँमा फर्काएको हो ।

बन्दाबन्दीका कारण काम नभएर बसिरहनुपरेको र साहुले एक व्यक्ति बराबर हप्ताको ६०० दिएको रकमले छाक टार्न समस्या भएको र घरबाट पनि फोन आइरहेका कारण हिंडेरै जान भनेर निस्केको उनीहरुले बताएका छन् ।

प्रकाशित मिति : ९ जेठ २०७७, शुक्रबार  ३ : १३ बजे

थाइल्यान्डमा बसोबास गर्ने नेपालीलाई कृषिमन्त्रीले भनिन्- अन्तर्राष्ट्रिय अनुभवलाई नेपालको विकासमा उपयोग गरौँ

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग थाइल्यान्डमा बसोबास गर्ने

कर्णाली नदीमा मिनीबस खस्यो

दैलेख- दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ अन्तर्गत कर्णाली राजमार्गको साङगेतरा क्षेत्रमा मिनीबस कर्णाली

विपद्का घटनामा ३ जनाको मृत्यु, २३ जना घाइते

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ५२ वटा विभिन्न विपद्का घटना

शिक्षामन्त्रीद्वारा त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष थापाले लिए शपथ

काठमाडौं- शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री तथा त्रिभुवन विश्वविद्यालय (त्रिवि) का

बालकुमारीमा धार्मिक तथा सांस्कृतिक विषयवस्तुलाई समेटिएको भित्तेचित्र निर्माण

काठमाडौं– नेपाली कला, संस्कृति तथा धार्मिक सम्पदाप्रति जनचेतना अभिवृद्धि गर्ने