जाजरकोटमा ३ सय शय्या क्वारेन्टाइन बनाइँदै | Khabarhub Khabarhub

जाजरकोटमा ३ सय शय्या क्वारेन्टाइन बनाइँदै


९ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरोना भाइरसको जोखिम हुन नदिन खलङ्गामा ३०० शय्या क्षमताको क्वारेन्टाइन बनाउने तयारी थालिएको छ । सङ्क्रमित जिल्ला र भारतबाट आएकालाई राख्न यहाँका सातवटै गाउँपालिकाले क्वारेन्टाइन बनाउन लागेका हुन् ।

जिल्ला समन्वय समितिको पहलमा सदरमुकाममा बसेको स्थानीय तहका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सुरक्षा निकाय, स्वास्थ्यलगायत सरोकारवाला निकायको बैठकले तत्काल सदरमुकामस्थित त्रिभुवन मावि र भेरी ज्ञानोदय क्याम्पसमा क्वारेन्टाइन बनाउने निर्णय गरेको जिल्ला समन्वय समितिका संयोजक मनबहादुर रावलले जानकारी दिइ ।

बैठकले कोरोना जोखिम हुन नदिन भारत र अन्य जिल्लाबाट आएका तथा ल्याउनुपर्ने नागरिकको स्वाब परीक्षण गरेरमात्र घर पठाउने निर्णय गरेको छ ।

क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न अस्पताल विकास समितिका अध्यक्ष धर्मशिला बस्नेतको संयोजकत्वमा प्रत्येक पालिकाले आ–आफ्ना पालिकाका प्रभावित नागरिकको जिम्मेवारी लिनेगरी एक/एकजना स्वास्थ्यकर्मी र एक/एकजना सम्पर्क व्यक्ति परिचालन गर्ने निर्णय गरिएको उनले बताए।

क्वारेन्टाइनको क्षमताभन्दा बढी भएमा सम्बन्धित पालिकाको केन्द्रमा यथासम्भव क्वारेन्टाइन निर्माण गरी राख्ने निर्णय बैठकले छ ।

स्वास्थ्य परीक्षणमा अपुग भिटिएम (भाइरल ट्रान्सपोर्ट मिडिया), व्यक्तिगत सुरक्षा (पिपिइ सेट) सामग्रीलगायतका अन्य स्वास्थ्य सामग्री स्वास्थ्य सेवा कार्यालयको परामर्शमा सम्बन्धित पालिकाले खरिद तथा व्यवस्थापन गर्नुपर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।

सो निर्णयसँगै नेपाली सेना र सशस्त्र प्रहरी क्वारेन्टाइन निर्माणमा जुटेका छन् । कोरोनाको जोखिम बढ्ने भन्दै स्थानीयवासीले सम्बन्धित पालिकामा नै क्वारेन्टाइनको व्यवस्था गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : ९ जेठ २०७७, शुक्रबार  ४ : ०० बजे

१६ वर्षपछि कालीगण्डकी बेसीनमा दुर्लभ पन्छी चिरकालिज १८ जोडी भेटिए

म्याग्दी- कालीगण्डकी नदी आसपासको उच्च पहाडी क्षेत्रमा दुर्लभ पन्छी चिरकालिजको

कनकाईमा एमालेले बनायो सुरक्षा दस्ता

झापा – झापाको कनकाईमा ५५ सदस्यीय नगरस्तरीय सुरक्षा दस्ता गठन

सकारात्मक ‘वर्ड अफ माउथ’का कारण हलले बढाए ‘परान’को शो

काठमाडौं – दर्शकबाट सकारात्मक ‘वर्ड अफ माउथ’ पाएका कारण हलहरुले

ललितपुरको कात्तिक डबलीमा नरसिंह अवतार मञ्चन (फोटो फिचर)

ललितपुर– ललितपुरको पाटन दरबार क्षेत्रस्थित कृष्ण मन्दिर नजिकको कात्तिक डबलीमा

माओवादी केन्द्रीय समिति बैठक बस्दै, विभिन्न पार्टीसँगको एकता सहमति अनुमोदन गर्ने

काठमाडौं– नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ ।