जाजरकोटमा ३ सय शय्या क्वारेन्टाइन बनाइँदै « Khabarhub

जाजरकोटमा ३ सय शय्या क्वारेन्टाइन बनाइँदै


९ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरोना भाइरसको जोखिम हुन नदिन खलङ्गामा ३०० शय्या क्षमताको क्वारेन्टाइन बनाउने तयारी थालिएको छ । सङ्क्रमित जिल्ला र भारतबाट आएकालाई राख्न यहाँका सातवटै गाउँपालिकाले क्वारेन्टाइन बनाउन लागेका हुन् ।

जिल्ला समन्वय समितिको पहलमा सदरमुकाममा बसेको स्थानीय तहका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सुरक्षा निकाय, स्वास्थ्यलगायत सरोकारवाला निकायको बैठकले तत्काल सदरमुकामस्थित त्रिभुवन मावि र भेरी ज्ञानोदय क्याम्पसमा क्वारेन्टाइन बनाउने निर्णय गरेको जिल्ला समन्वय समितिका संयोजक मनबहादुर रावलले जानकारी दिइ ।

बैठकले कोरोना जोखिम हुन नदिन भारत र अन्य जिल्लाबाट आएका तथा ल्याउनुपर्ने नागरिकको स्वाब परीक्षण गरेरमात्र घर पठाउने निर्णय गरेको छ ।

क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न अस्पताल विकास समितिका अध्यक्ष धर्मशिला बस्नेतको संयोजकत्वमा प्रत्येक पालिकाले आ–आफ्ना पालिकाका प्रभावित नागरिकको जिम्मेवारी लिनेगरी एक/एकजना स्वास्थ्यकर्मी र एक/एकजना सम्पर्क व्यक्ति परिचालन गर्ने निर्णय गरिएको उनले बताए।

क्वारेन्टाइनको क्षमताभन्दा बढी भएमा सम्बन्धित पालिकाको केन्द्रमा यथासम्भव क्वारेन्टाइन निर्माण गरी राख्ने निर्णय बैठकले छ ।

स्वास्थ्य परीक्षणमा अपुग भिटिएम (भाइरल ट्रान्सपोर्ट मिडिया), व्यक्तिगत सुरक्षा (पिपिइ सेट) सामग्रीलगायतका अन्य स्वास्थ्य सामग्री स्वास्थ्य सेवा कार्यालयको परामर्शमा सम्बन्धित पालिकाले खरिद तथा व्यवस्थापन गर्नुपर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।

सो निर्णयसँगै नेपाली सेना र सशस्त्र प्रहरी क्वारेन्टाइन निर्माणमा जुटेका छन् । कोरोनाको जोखिम बढ्ने भन्दै स्थानीयवासीले सम्बन्धित पालिकामा नै क्वारेन्टाइनको व्यवस्था गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : ९ जेठ २०७७, शुक्रबार  ४ : ०० बजे

कांग्रेस सांसदहरूको भूमिका संसद्‍मा प्रभावकारी रहन्छ : पूर्णबहादुर खड्का

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले संसद्मा प्रभावकारी भूमिका निर्वाह

गृहमन्त्री गुरुङद्वारा प्रहरी प्रधान कार्यालयको निरीक्षण

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका छन्

सिंहदरबार संवाद : सांसदहरू बोलिरहे, प्रधानमन्त्री सुनिरहे

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले सातै प्रदेश र सबै दलका प्रतिनिधि

सिंहदरबारमा सुरू भयो मन्त्रिपरिषद् बैठक, केही महत्त्वपूर्ण निर्णय हुँदै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरू भएको छ । प्रधानमन्त्री बालेनको सचिवालयका

टंक र अशोकबीच झगडा भएको हो ? किन छुट्टिएर फर्किए झापा ?

काठमाडौं – गायक तथा संगीतकार टंक बुढाथोकीले ८ वर्षअघि झापाको