कैलालीका तीन जना संक्रमित मध्ये एक जना भारतबाट आएको खुल्यो | Khabarhub Khabarhub

कैलालीका तीन जना संक्रमित मध्ये एक जना भारतबाट आएको खुल्यो


९ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- शुक्रबार कोरोना संक्रमण पुष्टि भएका कैलालीका तीन जना मध्ये एक जना भारतबाट, एक नेपालगञ्ज र अर्का इटहरीबाट आएको खुलेको छ ।

कैलालीको जानकी गाउँपालिका १ मा रहेको सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका तीन जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको थियो ।

जानकी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जीतबहादुर चौधरीका अनुसार कोरोना पुष्टि हुनेमा इटहरीबाट वैशाख ३० गते आएका जानकी गाउँपालिका ७ जवलपुरका १९ वर्षीय युवक छन्।

त्यस्तै वैशाख १ गते भारतको महाराष्ट्रबाट आएका जानकी गाउँपालिका ४ कञ्चनपुरका २६ वर्षीया पुरुष र वैशाख १ गते बाँकेको नेपालगञ्जबाट आएका जानकी गाउँपालिका ७ मोतिनगरका २१ वर्षीय पुरुष रहेका छन् ।

तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए ।

धनगढीस्थित प्रयोगशालामार्फत गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको हो। योसँगै बैतडी र डडेल्धुराका दुईजना युवामा समेत कोरोना पुष्टि भएको छ।

यसअघि सुदूरपश्चिमका ५ जना कोरोना पुष्टि भएकोमा उनीहरु सबै उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

प्रकाशित मिति : ९ जेठ २०७७, शुक्रबार  ५ : ३८ बजे

संसद् भवनभित्र मृतक भेटिए भनेर भ्रम नफैलाउन प्रहरीको आग्रह

काठमाडौं – नेपाल प्रहरीले संसद् भवनभित्र ३२ जना मृतक भेटिएर

कडा सुरक्षा चेकजाँचमा सेना, हिँडडुल गर्न पाइन्छ ?

काठमाडौँ – मङ्गलबार बेलुकी १० बजेदेखि देशको सुरक्षा कमाण्ड सम्हालेको

काठमाडौँ उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै

काठमाडौँ – काठमाडौँ उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ

प्रिय जेनजी, अब आगो निभाउने काममा लाग्नुहोस् : बाबुराम भट्टराई

काठमाडौं – पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आन्दोलनरत जेनजीलाई अब

आजको मौसम पूर्वानुमान : देशका अधिकांश भागमा बदली हुने

काठमाडौं – हाल देशभर मनसुनको प्रभाव सामान्य रहेको छ। मनसुनको