प्रदेशसभा सदस्यसहित ११ को पीसीआर रिपोर्ट नेगेटिभ « Khabarhub

प्रदेशसभा सदस्यसहित ११ को पीसीआर रिपोर्ट नेगेटिभ


९ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रदेश नं ५ को प्रदेशसभा सचिवालयमा बिहीबार आरडिटी विधिमा कोरोना पोजेटिभ देखिएकाहरुको पीसीआर विधिबाट गरिएको परीक्षणमा भने आज नेगेटिभ देखिएको छ ।

प्रदेशसभाको छैटौँ अधिवेशन आजदेखि शुरु हुने मिति तय भएपछि सचिवालयले प्रदेशसभा सदस्य, मन्त्री, सुरक्षाकर्मी, चालक र प्रदेशसभामा नियमित रिपोर्टिङमा जाने पत्रकारसमेतको आरडिटी गरेकामा ११ जनाको पोजेटिभ देखिएको थियो ।

उक्त परीक्षणमा प्रदेशसभाका दुई सदस्यसहित मन्त्रीका सवारी चालक, प्रदेशसभामा सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीलगायत ११ जनाको आरडिटी पोजेटिभ देखिएपछि सबैलाई बुटवलस्थित कोरिया नेपाल टेक्निकल इन्टिच्युटमा निर्माण गरिएको आइसोलेशन सेन्टरमा राखेर पिसिआर विधिबाट आज परीक्षण गरिएको हो ।

आज गरिएको परीक्षणमा दुई प्रदेशसभा सदस्यसहित सबैको नेगेटिभ नतिजा आएको प्रदेशसभामा सभामुखका प्रेस सल्लाहकार गणेश वलीले जानकारी दिए । बिहीबारको आरडीटी रिपोर्ट पोजेटिभ देखिएपछि आजको पहिलो दिनको प्रदेशसभा बैठकमा दुवै सदस्य अनुपस्थित रहेका थिए ।

 

प्रकाशित मिति : ९ जेठ २०७७, शुक्रबार  ९ : ५० बजे

मधेस प्रदेश सरकारद्वारा करिब ३३ अर्ब राजस्व सङ्कलन

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष (आव) २०८२–८३ मा लक्ष्यको

चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै

बागमती– हेटौँडा उपमहानगरपालिकाले दक्षिण एसियाकै पहिलो ऐतिहासिक सुरुङका रूपमा परिचित

‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह

काठमडौँ– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता

कञ्चनपुर जिल्ला अदालत : मुद्दा फर्छ्यौटमा सुधार

महेन्द्रनगर– कञ्चनपुर जिल्ला अदालतले आर्थिक वर्ष २०८२–८३ मा ६९.३४ प्रतिशत

उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट

नेपालगन्ज– उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले आर्थिक वर्ष २०८२–८३ मा