चन्द्रागिरीमा आरडिटी पोजेटिभ देखिएपछि क्वारेन्टाइनमा « Khabarhub

चन्द्रागिरीमा आरडिटी पोजेटिभ देखिएपछि क्वारेन्टाइनमा


१० जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चन्द्रागिरी नगरपालिकाका ६५ व्यक्तिमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएसँगै उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छ ।

नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले चन्द्रागिरीका विभिन्न व्यक्तिको आरडिटी परीक्षण गर्दा ६५ जनाको रिपोर्ट पोजेटिभ देखिएको जानकारी दिए। “विभिन्न जिल्लाबाट बन्दाबन्दीपछि चन्द्रागिरी प्रवेश गरेका व्यक्तिमा आरडिटी परीक्षण गर्दा उनीहरुमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको हो”, उनले भने ।

चन्द्रागिरीले ५६ लाई मनमोहन अस्पताल दहचोक, चारलाई नैकाप पार्टी प्यालेस, तीनलाई मङ्गल माध्यामिक विद्यालय, एकलाई चन्द्रागिरी कटेज र एक जनालाई होम क्वारेन्टाइनमा राखेको छ ।

चन्द्रागिरी क्वारेन्टाइन व्यवस्थापन समितिका संयोजक एवं वडा नं ८ का अध्यक्ष सन्तोष खड्काको संयोजकत्वमा रहेको समितिले क्वारेन्टाइनभित्रको खाना, स्वास्थ्य, शौचालय, फोहर व्यवस्थापनको काम गर्दै आएको छ ।

क्वारेन्टाइनभित्रको सुरक्षाको जिम्मा भने नेपाल प्रहरी र नेपाली सेनाले लिँदै आएको चन्द्रागिरी नगरपालिकाले जनाएको छ । चन्द्रागिरीमा आरडिटीको रिपोर्ट पोजेटिभ देखिएपछि उनीहरुको पिसीआर विधिबाट परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ ।

चन्द्रागिरीले नगरप्रमुख, उपप्रमुख, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत १०६ जनाको पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरेको छ ।

प्रकाशित मिति : १० जेठ २०७७, शनिबार  ११ : १९ बजे

पोखरा बसपार्क क्षेत्रका सुकुम्बासी हटाउने प्रक्रिया आइतबारदेखि अघि बढ्दै

कास्की – पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा लामो

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड’ ?

काठमाडौँ – तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २७ गते शनिबार सन् २०२६

आज २०८३ साल भदौ २७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २७ गते शनिबार सन् २०२६