मनमोहन कार्डियोथोरासिकमा उपचाररत कोरोना संक्रमित महिलालाई टिचिङको आइसियुमा सारियो | Khabarhub Khabarhub

मनमोहन कार्डियोथोरासिकमा उपचाररत कोरोना संक्रमित महिलालाई टिचिङको आइसियुमा सारियो


१० जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारत कोरोना संक्रमति महिलालाई त्रिवि शिक्षण अस्पताल (टिचिङ)को आइसियुमा सारिएको छ ।

टिचिङका कोरोना व्यवस्थापन समितिका संयोजक डा. सन्तकुमार दासका अनुसार ती महिलालाई हिजो राति टिचिङमा सारिएको हो ।

ती महिलाको अहिले टिचिङ अस्पतालको आइसोलेसन बनाइएको भवनमा रहेको आइसियुमा राखिएको डा. दासले बताए ।

‘उहाँको अहिले टिचिङको आइसोलेसन भवनको आइसियु वार्डमा राखेर उपचार गरिएको छ,’ डा. दासले भने, ‘उहाँमा संक्रमण भएको भनेर हिजो राति हामीलाई जानकारी आएपछि कोरोना संक्रमतिकै लागि बनाइएको आइसियुमा ल्याइएको हो ।’

डा. दासका अनुसार टिचिङ अस्पतालले कोरोना उपचार कक्षको लेभल थ्रीमा राखेर उपचार गरिएको हो । उनलाई आइसियुमा मुटुरोग विशेषज्ञको निगरानीमा उपचार गरिएको डा. दासको भनाइ छ।

ती महिलाको जेठ ९ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो । मकवानपुरको हेटौंडा ३ ती ५४ वर्षीया ती महिला मुटुका बिरामी हुन् ।

कोरोना संक्रमण पुष्टि हुँदा उनी मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको आइसियुमा उपचारत थिइन् ।

प्रकाशित मिति : १० जेठ २०७७, शनिबार  १२ : २९ बजे

‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’

काठमाडौं– ‘हिमालयन चितुवा’को नामले परिचित किक बक्सर अविरल घिमिरेले अब

सरकारको काममा सन्तुष्ट छैनौँ, समर्थन दिन बाध्य छौँ

काठमाडौं– जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य चन्द्रकान्त (सिके) राउत

नेप्टेचौर–काउरा–गिठिनी–पात्लेखेत सडक स्तरोन्नति

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–९ नेप्टेचौरबाट काउरा–गिठीनी–आखेत हुँदै वडा नम्बर १०

आईसीसी महिला टी–२० : आज नेपाल र हङकङ भिड्दै

काठमाडौं– आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा आज नेपालले आफ्नो

साफ यु–१९ च्याम्पियनसिप : आज नेपाल र भारत खेल्ने

काठमाडौं– १९ वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलमा आज नेपालले भारतसँग