एमसीसीबारे छलफल गर्न नेकपा सचिवालय बैठक बस्दै « Khabarhub

एमसीसीबारे छलफल गर्न नेकपा सचिवालय बैठक बस्दै


१० जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । अमेरिकी सहयोग सम्बन्धी सम्झौता (एमसीसी) का बारेमा छलफल गर्न भन्दै नेकपा सचिवालय बैठक बस्न लागेको छ ।

अहिले केही बेरमा शुरु हुने सचिवालय बैठकमा नेकपा स्थायी समिति सदस्य समेत रहेका नेता भीम रावललाई समेत बैठकमा बोलाइएको छ । तीन बजेका लागि बोलाइएको बैठक बालुवाटारमा केही बेरमा शुरु हुने नेता रावलले जानकारी दिए ।

उनले भने,‘एमसीसीका बारेमा छलफल गर्न भन्दै मलाई वालुवाटार बोलाइएको थियो । म भर्खर आइपुगेको छु । सबै नेताहरु जम्मा भइसकेका छौं, प्रधानमन्त्री आइपुग्नुभएको छैन । ’

नेकपाका अनुसार एमसीसी, सरकारले जेठ १५ गते ल्याउने बजेटका बारेमा छलफल गर्न परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री डाक्टर युवराज खतिवडासहितका सचिवालयका नेताहरुलाई वालुवाटारमा बोलाइएको हो ।

नेकपाले एमसीसीका बारेमा अध्ययन गर्न गठन गरेको कार्यदलमा सदस्य रहेका मन्त्री ज्ञवाली र नेता रावललाई सचिवालय बैठकमै बोलाएर छलफल गर्न लागिएको हो ।

प्रकाशित मिति : १० जेठ २०७७, शनिबार  ३ : ३८ बजे

निक्षेप संकलनको लागि बोलकबोल आह्वान

 काठमाडौं- नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ६० अर्ब बराबरको एकमहिने

छोराको खातामा घुस लिएपछि सोताङकी उपाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु

हर्मुजमा अमेरिकी कडाइ : १०३ जहाजको मार्ग परिवर्तन

एजेन्सी – इरानविरुद्धको नाकाबन्दीअन्तर्गत हर्मुज जलघाँटीमा व्यापारिक गतिविधिमाथि लगाइएको प्रतिबन्ध कार्यान्वयन

सुनका गरगहना चोरीमा संलग्न रहेको आरोपमा रामेछापका दिपेश पक्राउ

काठमाडौं– सुनका गरगहना चोरीमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१० बानेश्वर बस्ने रामेछाप,

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीनजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम