चर्चभित्र आत्मघाती बम आक्रमणको योजना बनाउने ३० जनालाई सजाय | Khabarhub Khabarhub

चर्चभित्र आत्मघाती बम आक्रमणको योजना बनाउने ३० जनालाई सजाय


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इजिप्ट–  इजिप्टमा एक चर्चभित्र आत्मघाती बम आक्रमणको योजना बनाउने ३० जनालाई सजाय सुनाइएको छ ।

इजिप्टको अदालतले अलेक्जाण्ड्रिया शहरमा रहेको चर्चमा आत्मघाती बम आक्रमण तथा अन्य स्थानमा आतंककारी आक्रमण गर्ने योजना बुनेको अभियोगमा दोषी ठहर गर्दै ३० जनामध्ये १८ जनालाई आजीवन कारावासको सजाय सुनाएको छ । त्यस्तै, ८ जनालाई १५ वर्षको जेल सजाय सुनाइएको छ भने बाँकीलाई १० वर्षको जेल सजाय सुनाइएको छ ।

उनीहरु आतंकवादी संगठन इस्लामिक स्टेटको समर्थक रहेको, उनीहरुले भूमध्य सागरको तटमा रहेको डामिएटा शहरस्थित एक मदिरा पसलमा आक्रमणको योजना बनाएको र विदेशमा गैरकानूनी तालिम लिएको समेत अभियोग लगाइएको थियो ।

सजाय पाउनेमध्ये २० जना अदालतमा उपस्थित रहेपनि बाँकी १० जना फरार रहेको बताइएको छ ।

उनीहरुले आक्रमणको योजना बनाएपनि सम्भावित आक्रमण अगावै सुरक्षाकर्मीको कारवाहीमा उनीहरु पक्राउ परेको र संम्भावित आक्रमण रोकथाम भएको अधिकारीले जनाएका छन् ।

इस्लामिक स्टेटले इजिप्टमा धार्मिक अल्पसङ्ख्यकको रुपमा रहेका इसाई र अन्य सैनिक तथा गैरसैनिक निशानालाई लक्षित गरी आतंककारी आक्रमण गर्दै आएको छ । सन् २०१७ को अप्रिल महिनामा इजिप्टको अलेक्जाण्ड्रिया र टेण्टा शहरमा कप्टिक इसाईलाई लक्षित गरी इस्लामिक स्टेटले गराएको बम आक्रमणमा ४७ जनाको ज्यान गएको थियो ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  ८ : ०१ बजे

नदी र खोलामा किन सिक्का फालिन्छ ?

 नदीनाला तर्दा सिक्का पैसा फाल्ने गरेको त पक्कै पनि देख्नु

आजको मौसम : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं– हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार