देशभरका क्वारेन्टाइनमा ३९ हजार भन्दा बढी, सबैभन्दा धेरै प्रदेश ५ मा « Khabarhub

देशभरका क्वारेन्टाइनमा ३९ हजार भन्दा बढी, सबैभन्दा धेरै प्रदेश ५ मा


११ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका क्वारेन्टाइमा ३९ हजार ८ सय ४ जना व्यक्ति रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले देशभरका क्वारेन्टाइमा ३९ हजार ८ सय ४ जना रहेको जानकारी दिएका हुन् ।

प्रवक्ता डा देवकोटाका अनुसार सबै भन्दा धेरै प्रदेश ५ का क्वारेन्टाइमा रहेका छन् ।

डा देवकोटाका अनुसार प्रदेश नम्बर एक मा १ हजार ४ सय ५० जना,  प्रदेश नम्बर २ मा ८ हजार २ सय ३८ जना, बागमती प्रदेशमा ५ सय ६२ जना गण्डकी प्रदेशमा ८ सय ८२ जना रहेका छन् ।

यस्तै प्रदेश नम्बर ५ मा १९ हजार ५ सय २५ जना, कर्णाली प्रदेशमा ३ हजार ४ जना र सुदुरपश्चिम प्रदेशमा ६ हजार १ सय ४३ जना रहेका छन् ।

भारतीय सिमा क्षेत्रबाट नेपालीहरु स्वदेश फर्किने क्रम नरोकिएकाले सिमा क्षेत्रका क्वारेन्टाइन स्थालहरुमा मासिनहरुको चाप बढी रहेको पाइएको छ ।

सरकारले विदेश वा कोरोना संक्रमति क्षेत्रबाट आउनेहरुका लागि देशभरका स्थानीय तहमा क्वारेन्टाइनको व्यवस्था गरेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर  ८२ हजार ८ सय २१ क्वारेन्टाइन वेड रहेका छन् । तर जनस्वास्थ्य विज्ञहरुले भने सरकारले संख्यामा देखाउने क्वारेन्टाइन वेडहरु सरकारकै मापदण्ड अनुसार नभएको बताउने गरेका छन् ।

यस्तै कतिपय क्षेत्रहरुमा कोरोना संक्रमित, कोरोना नभएका व्यक्ति र आशंका गरिएका व्यक्तिहरुलाई समेत एउटै क्वारेन्टाइमा राखिएको समेत पाइएको छ । क्वारेन्टाइमा रहेका व्यक्तिहरुले नै कतिपय क्षेत्रका क्वारेन्टाइन संक्रमण जोखिम क्षेत्र भएको समेत गुनासो गर्दै आएका छन् ।

प्रकाशित मिति : ११ जेठ २०७७, आइतबार  ५ : ३५ बजे

देशभरका भन्सार जाँचपास ठप्प

काठमाडौँ- भन्सार एजेन्ट महासंघको आह्वानमा देशभरका सबै कार्यालयको भन्सार जाँचपास

दार्चुलामा भूकम्पको धक्का

काठमाडौँ- दार्चुला जिल्लाको उत्तरी क्षेत्र कालापानी र चीनको नाका आसपास

३७ वर्ष पढाएका हेड सरलाई हेलिकप्टर चढाएर बिदाइ

काठमाडौँ– गोरखाको धार्चे गाउँपालिका–२, रुन्चेतस्थित गण्डकी माध्यमिक विद्यालयमा ३७ वर्ष

बलात्कार गरेको आरोपमा एमाले नेता पक्राउ

जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिकाका मेयर प्रत्यासी एवं नेकपा एमाले नेता शिवशंकार

नारायणीमा बेपत्ता भट्टराईको शव फेला

काठमाडौँ– सशस्त्र प्रहरीले शिव भट्टराईको शव नारायणी नदी किनारामा आज