लामखुट्टेले टोक्दा कोरोना भाइरस सर्दैन : स्वास्थ्य मन्त्रालय « Khabarhub

लामखुट्टेले टोक्दा कोरोना भाइरस सर्दैन : स्वास्थ्य मन्त्रालय


११ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लामखुट्टेको टोकाइबाट कोरोना भाइरस नसर्ने जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकाटाले नियमित लाइभ अपडेटमार्फत कोरोना संक्रमण लामखुट्टेको टोकाइबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने बताएका हुन् ।

सर्वसाधारणहरुको जिज्ञासाको उत्तर दिदै प्रवक्ता डा देवकोटाले हालसम्म लामखुट्टेको टोकाइबाट कोरोना संक्रमण सरेको कुनै घटना नभएको बताए । उनले लामखुट्टेबाट कोरोना भाइरस सर्ने कुरा प्रमाणित नभएको जानकारी दिए ।

डा देवकोटाकाले कोरोना भाइरस श्वासप्रश्वाससँग सम्बन्धित नयाँ रोग हो । डा देवकोटाका अनुसार कोरोना भाइरस संक्रमित व्यक्तिले खोक्दा, हाच्छिउ गर्दा निस्किने थुकको छिट्टाबाट सर्ने गर्छ ।

कोरोना संक्रमणबाट बच्न बारम्बार हाल धुने, खोक्दा वा हाच्छिउ गर्दा कुइना वा रुमालले मुख छोप्ने लगायतका सावधानी अपनाउनु पर्ने प्रवक्ता डा देवकोटाकाले बताए ।

प्रवक्ता डाक्टर देवकोटाकाले गर्मी मौसम शुरु भएको र लामखुट्टे लाग्ने समय पनि शुरु भएको बताए । लामखुट्टेले कोरोना भाइरस नसार्ने भएपनि डेंगु, मलेरिया लगायतको रोग सार्ने भएकाले लकडाउनमा घरमा तथा क्वारेन्टाइमा रहँदा लामखुट्टेको टोकाइबाट बच्नुपर्ने बताए ।

उनले लामखुट्टेको टोकाइबाट बच्न, झुलको प्रयोग गर्ने, घरमा ढोका तथा झ्यालमा जालीको प्रयोग गर्ने, घर वरपर सफा गर्ने र घर वरपर पानी जम्न दिन नहुने बताए ।

प्रकाशित मिति : ११ जेठ २०७७, आइतबार  ५ : ५८ बजे

झापा–५ मा ओली र बालेन भिड्ने पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको

टिकट नपाए पनि विचलित छैन : झपट रावल

काठमाडौं – नेकपा (एमाले)का केन्द्रीय सदस्य झपट बहादुर रावलले पार्टीको

प्रतिनिधिसभा निर्वाचन : गोकुल बाँस्कोटालाई ओलीले दिएनन् टिकट

काठमाडौँ – नेकपा एमालेकोे आन्तरिक विवाद चर्किँदो छ । पार्टीको

रुख चुनाव चिन्हबाहेक अन्यथा कल्पना गर्न सक्दिनँ : पूर्णबहादुर खड्का

काठमाडौँ – नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रुख

ताप्लेजुङमा एमालेले क्षितिज थेबेलाई उम्मेदवार बनाउने

काठमाडौं – नेकपा एमालेले ताप्लेजुङमा युवा नेता क्षितिज थेबेलाई उम्मेदवार