लामखुट्टेले टोक्दा कोरोना भाइरस सर्दैन : स्वास्थ्य मन्त्रालय « Khabarhub

लामखुट्टेले टोक्दा कोरोना भाइरस सर्दैन : स्वास्थ्य मन्त्रालय


११ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लामखुट्टेको टोकाइबाट कोरोना भाइरस नसर्ने जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकाटाले नियमित लाइभ अपडेटमार्फत कोरोना संक्रमण लामखुट्टेको टोकाइबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने बताएका हुन् ।

सर्वसाधारणहरुको जिज्ञासाको उत्तर दिदै प्रवक्ता डा देवकोटाले हालसम्म लामखुट्टेको टोकाइबाट कोरोना संक्रमण सरेको कुनै घटना नभएको बताए । उनले लामखुट्टेबाट कोरोना भाइरस सर्ने कुरा प्रमाणित नभएको जानकारी दिए ।

डा देवकोटाकाले कोरोना भाइरस श्वासप्रश्वाससँग सम्बन्धित नयाँ रोग हो । डा देवकोटाका अनुसार कोरोना भाइरस संक्रमित व्यक्तिले खोक्दा, हाच्छिउ गर्दा निस्किने थुकको छिट्टाबाट सर्ने गर्छ ।

कोरोना संक्रमणबाट बच्न बारम्बार हाल धुने, खोक्दा वा हाच्छिउ गर्दा कुइना वा रुमालले मुख छोप्ने लगायतका सावधानी अपनाउनु पर्ने प्रवक्ता डा देवकोटाकाले बताए ।

प्रवक्ता डाक्टर देवकोटाकाले गर्मी मौसम शुरु भएको र लामखुट्टे लाग्ने समय पनि शुरु भएको बताए । लामखुट्टेले कोरोना भाइरस नसार्ने भएपनि डेंगु, मलेरिया लगायतको रोग सार्ने भएकाले लकडाउनमा घरमा तथा क्वारेन्टाइमा रहँदा लामखुट्टेको टोकाइबाट बच्नुपर्ने बताए ।

उनले लामखुट्टेको टोकाइबाट बच्न, झुलको प्रयोग गर्ने, घरमा ढोका तथा झ्यालमा जालीको प्रयोग गर्ने, घर वरपर सफा गर्ने र घर वरपर पानी जम्न दिन नहुने बताए ।

प्रकाशित मिति : ११ जेठ २०७७, आइतबार  ५ : ५८ बजे

असोज पहिलो सातादेखि पोखरा–दुबई सिधा उडान

गण्डकी- दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज

रास्वपा सचेतक क्रान्तिशिखा धितालको अभिव्यक्तिप्रति जेन-जी सहिद परिवारको आपत्ति

काठमाडौं- जेन-जी सहिद परिवारहरुले जेन-जी सहिद प्रथम स्मृति दिवसको कार्यक्रमप्रति

ग्रामीण क्षेत्रमा खानेपानीको पहुँच पुर्‍याउँदै प्रदेश सरकार

काभ्रेपलाञ्चोक- बाग्मती प्रदेश सरकारले जिल्लाका ग्रामीण क्षेत्रमा खानेपानीको पुहँच विस्तार

लोप हुँदै भटमासखेती

तेह्रथुम- कुनै समय तेह्रथुमका गाउँबस्तीमा प्रमुख दलहन बालीका रूपमा खेती

केन्द्रीय कार्यसम्पादन समितिको निर्णयप्रति देउवा पक्ष असहमत

काठमाडौं- नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले महाधिवेशनको तालिका