संक्रमितको सम्पर्कमा रहेका १२ जनाको रिपोर्ट नेगेटिभ « Khabarhub

संक्रमितको सम्पर्कमा रहेका १२ जनाको रिपोर्ट नेगेटिभ


१२ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- भक्तपुरमा गत बिहीबार (जेठ ७ गते) भक्तपुर नगरपालिका वडा नं. ५ का कोरोना संक्रमण पुष्टि भएका व्यक्तिको सम्पर्कमा रहेका १२ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

४२ वर्षीय संक्रमित पुरुषका परिवारका ११ सहित १२ जनाको कन्ट्राक्ट ट्रेसिङको आधारमा कोरोना परीक्षणका लागि स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । उनीहरु १२ जनाकै रिपोर्टमा कोरोना नदेखिएको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रमुख एसपी सविन प्रधानले जानकारी दिए । कोरोना संक्रमित पुरुषको काठमाडौँको बलम्वुस्थित सशस्त्र प्रहरी बलको अस्पतालमा उपचार भइरहको छ ।

त्यसैगरी कोरोना संक्रमणका कारण मृत्यु भएकी सिन्धुपाल्चोक बाह्रबिसेकी सुत्केरी महिलाको शव व्यवस्थपनमा खटिएका भक्तपुरका दुई युवकमा पनि कोराना देखिएन । भक्तपुरका अरुण सैँजु र राजेश गाइजुको कोरोना रिपार्ट नेगेटिभ आएको एसपी प्रधानले जनाकारी दिए ।

उनीहरुलाइ अहिले सुर्यविनायकस्थित वीरदल गणको क्वारेन्टाइनमा राखिएको छ । उनीहरुले धुलिखेल अस्पतालबाट कोरोना संक्रमणका कारण मृत्यु भएकी महिलाको लास पशुपतिस्थित आर्यघाटमा लगेर व्यवस्थापन गरेका थिए ।

प्रकाशित मिति : १२ जेठ २०७७, सोमबार  ११ : ४६ बजे

सुरुआती अग्रता जोगाउन नसक्दा स्पेनसँग हार्यो इङ्ल्यान्ड

लन्डन – युइएफए नेसन्स लिगको रोमान्चक खेलमा इङ्ल्यान्ड विश्व विजेता

तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

तनहुँ– तनहुँ जिल्लाका वन क्षेत्रबाट ६७ हजार ९६७ परिवार लाभान्वित

बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन

बागलुङ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बागलुङका दश वटै पालिकामा नेतृत्व

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

कर्णाली– यही असोज ८ गते बेलुकादेखि १० गतेसम्म परेको अविरल

फ्लाइ दुबईको पोखरा–दुबई उडान: सुरुआती दिनमै यात्रुक‍ो उत्साहजनक सहभागिता

गण्डकी – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट गत बुधबारदेखि सुरु भएको फ्लाइ