टिचिङ अस्पताल महाराजगञ्जमा पनि पीसीआर विधिबाट कोरोना परीक्षण शुरु « Khabarhub

टिचिङ अस्पताल महाराजगञ्जमा पनि पीसीआर विधिबाट कोरोना परीक्षण शुरु


१२ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पनि पीसीआर विधिबाट कोरोना परीक्षण शुरु भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नियमित लाइभ अपडेटमा बोल्दै टिचिङ अस्पालमा पनि पीसीआर विधिबाट कोरोना परीक्षण शुरु भएको जानकारी दिएका हुन् ।

डा देवकोटाका अनुसार टिचिङमा आइतबार पीसीआर मेसिन जडान गरिएको हो । योसँगै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला सहित देशभरका २० स्थानमा पीसीआर विधिबाट कोरोना परीक्षण शुरु भएको छ ।

प्रवक्ता डा देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा यी २० स्थानका पीसीआर मेसिनबाट २ हजार ९ सय ४ वटा नमूना परीक्षण गरिएको छ ।

यस्तै हालसम्म ५१ हजार ६ सय ४२ वटा नमूना पीसीआर विधिबाट परीक्षण गरिएको छ । प्रवक्त डा देवकोटाले आरडीटी विधिबाट हालसम्म ९५ हजार १ सय ९२ वटा नमूना परीक्षण गरिएको पनि बताए ।

गत २४ घण्टामा मात्र ५ हजार १ सय ६६ वटा नमूना आरडीटी विधिबाट परीक्षण गरिएको उनले जानकारी दिए । सरकारले ९५ हजार जनाको आरडीटी विधिबाट कोरोना परीक्षण गरे पनि आरडीटी पोजेटिभलाई भने कोरोना संक्रमतिको रुपमा तथ्यांक राख्ने गरेको छैन ।

आरडीटी पोजेटिभ आएकाहरुलाई पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएमात्र स्वास्थ्य मन्त्रालयले ती व्यक्तिलाई संक्रमित मान्ने गरेको छ ।

प्रकाशित मिति : १२ जेठ २०७७, सोमबार  ५ : ३३ बजे

मूर्ति विसर्जन गर्न कोसी कटानमा भिड (तस्बिरहरू)

काठमाडौं– हिजो विश्वकर्मा पूजा गरेको माटाको मूर्ति विसर्जन गर्न आज

रसुवा बाढीपीडित व्यवसायीलाई राहत पुनस्र्थापना कार्यक्रम शीघ्र कार्यान्वयन गर्न समितिको निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले रसुवा बाढीबाट प्रभावित व्यावसायिक प्रतिष्ठानहरूका

आइभीएफ र सरोगेसीलाई स्पष्ट कानुनी दायरामा ल्याउन विधेयक ल्याइने

काठमाडौं–  स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सहायक प्रजनन प्रविधि

राष्ट्रियसभा : सहायक प्रजनन प्रविधिको प्रयोगसम्बन्धी कानुन निर्माणको सङ्कल्प प्रस्ताव पारित

काठमाडौं- राष्ट्रियसभाको आजको बैठकले ‘सहायक प्रजनन प्रविधिको प्रयोग नियमन गर्न

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार

हेटौँडा (मकवानपुर)- बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । नेपाली