सुर्खेतमा थप १२ जनामा कोरोना पुष्टि, कर्णाली प्रदेशमा संक्रमितको संख्या २३ पुग्यो « Khabarhub

सुर्खेतमा थप १२ जनामा कोरोना पुष्टि, कर्णाली प्रदेशमा संक्रमितको संख्या २३ पुग्यो


१३ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- सुर्खेतमा आज थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २३ पुगेको छ ।

आज थपिएका संक्रमित मध्ये ८ जना वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा-८ का २ जना र  २ जना सिम्ता गाउँपालिकाका रहेको कर्णाली प्रदेश अस्पतालका निर्देशक डा.डम्बर खड्काले जानकारी दिए ।

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको स्वास्थ्य सेवा महाशाखाले कर्णाली प्रदेशमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको विज्ञप्ति मार्फत जानकारी दिएको हो ।

महाशाखाका प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीका अनुसार नयाँ थपिएका कोरोना संक्रमित सुर्खेतका वीरेन्द्रनगर–१ का १६ वर्षीय पुरुष, वीरेन्द्रनगर–२ का ९ वर्षीय बालक, २०, ३२, ३६ वर्षीय पुरुषहरु र ३२ वर्षीया महिला छन् ।

यस्तै वीरेन्द्रनगर– ३ का ४६ वर्षीय पुरुष र वीरेन्द्रनगर–६ का २६ वर्षीय पुरुष छन् । यस्तै भेरीगंगा–८ का १६ र ७ वर्षीय पुरुष र सिम्ताका ३५ र ४९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।

योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २३ पुगेको प्रदेश सरकारले जनाएको छ ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जारी गरेको सूचना

प्रकाशित मिति : १३ जेठ २०७७, मंगलबार  ९ : ३१ बजे

आज २०८३ साल असार ११ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ११ गते बिहीबार सन् २०२६

रास्वपाले धेरै कुरा सिक्न बाँकी रहेछ, आगामी दिनमा सच्चिन्छौं : अशोक चौधरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अशोक चौधरी आज

प्रधानमन्त्री पत्नी काफ्लेले भनिन् : सुरक्षाकर्मीले बाेकेको ब्याग मेरो होइन

काठमाडौं – प्रधानमन्त्री बालेन शाहकी पत्नी सविना काफ्लेले आफ्नो ब्याग

रास्वपा महाधिवेशन : मतदान समय आधा घण्टा पछि सारियो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने १९ वर्षीय युवक पक्राउ

काठमाडौं – सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा चन्द्रागिरी