म्यूजिक भिडियोमार्फत फिलिपिन्समा चीनले चालेको कोरोना कुटनीति प्रत्युत्पादक « Khabarhub

म्यूजिक भिडियोमार्फत फिलिपिन्समा चीनले चालेको कोरोना कुटनीति प्रत्युत्पादक


१३ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संकटबाट गुज्रिरहेको फिलिपिन्सलाई सहानुभूति दर्शाउन चीनले चालेको कुटनीतिक चाल प्रत्युत्पादक भएको छ ।

मनिलास्थित चिनियाँ राजदूतावासले कोरोना भाइरसको महामारीमा पनि फिलिपिन्समा अग्रपंक्तिमा रहेर काम गरिरहेका श्रमिकहरूलाई समर्पण गर्दै सार्वजनिक गरेको म्यूजिक भिडियोले समस्या सृजना गरेको छ ।

२३ अप्रिलमा जारी गरिएको उक्त म्यूजिक भिडियोमा प्रयोग गरिएको शब्द ‘आइसाङ डागत’ (एक समद्री क्षेत्र) लाई अप्रत्यक्षरूपमा दक्षिण चीन सागर भएको उल्लेख गरेपछि फिलिपिनोहरू रिसाएका हुन् ।

फिलिपिन्सका स्थानीयले म्यूजिक भिडियोमा उल्लेखित क्षेत्रलाई पश्चिमी फिलिपिनी सागर मान्दै आएका बेला मनिलास्थित चिनियाँ राजदूत एचई हुवाङ सिलियानले लेखेका शब्दहरुलाई म्यूजिक भिडियो बनाउदा भने दक्षिण चीन सागरसँग जोडिएको छ ।

उक्त म्यूजिक भिडियो बनाउदा चिनियाँ र फिलिपिनो नागरिकलाई प्रस्तुत गरिए पनि जनआक्रोश बढेपछि म्यूजिक भिडियो लाइक गर्ने भन्दा डिसलाइक गर्नेको संख्या कयौं गुणा बढी देखिएको छ ।

प्रकाशित मिति : १३ जेठ २०७७, मंगलबार  १० : ५५ बजे

मन्त्रालयले गर्‍यो मन्त्री खरेलको बिदाइ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आजै राजीनामा दिएका सञ्चार

बागमती प्रदेशसभाका छ जना प्रदेशसभा सदस्यले दिए राजीनामा

बागमती– बागमती प्रदेशसभाका छ जना सदस्यले प्रदेशसभा सदस्यले पदबाट राजीनामा

रवि र बालेन एकसाथ उत्रिएको मधेशमा कस्तो छ रास्वपाको अवस्था ?

काठमाडौं- यो हिउँदको जाडो पानी नपर्दै सकिन लाग्दा चुनावी देशमा

बागलुङमा जिप दुर्घटना हुँदा पाँच जना घाइते

ढोरपाटन– ढोरपाटन नगरपालिका–५ सहीखोलामा आज दिउँसो गाडीखोलादेखि बुर्तिबाङ आउँदै गरेको