बूढानीलकण्ठ मन्दिर क्षेत्र सिल « Khabarhub

बूढानीलकण्ठ मन्दिर क्षेत्र सिल


१३ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बूढानीलकण्ठ नगरपालिका वडा नं ३ स्थित बूढानीलकण्ठ मन्दिर तथा शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्र आसपास सिल गरिएको छ ।

बूढानीलकण्ठ –३ मा बसोबास गर्ने ३७ वर्षीय एक युवकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि त्यस क्षेत्र बन्द गरिएको वडाध्यक्ष बालकृष्ण श्रेष्ठले जानकारी दिए ।

सो क्षेत्रमा मानिसको आवतजावत रोकिनाका साथै पसल, व्यवसाय र अन्य सेवा पूर्ण रुपमा बन्द गरिएको छ ।

संक्रमितलाई अहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको आइसोलशनमा राखिएको छ । वडाध्यक्ष श्रेष्ठका अनुसार सङ्क्रमित युवकले बन्दाबन्दी समयमा आफ्नो निजी गाडीलाई एम्बुलेन्सका रुपमा प्रयोग गरेर समस्यामा परेका व्यक्तिलाई अस्पतालसम्म पुर्‍याउने काम गर्दै आएका थिए ।

नगरपालिकामा कोरोना संक्रमित हुने दुई जना पुगेका छन् । यसअघि सर्लाहीको रामनगर स्थायी घर भई हाल बूढानीलकण्ठ –१२ स्थित तेञ्जिङ चोकमा बसोबास गर्दै आएकी १८ वर्षीया एक युवतीमा कोरोना भाइरस पोजेटिभ देखिएको थियो ।

प्रकाशित मिति : १३ जेठ २०७७, मंगलबार  २ : १३ बजे

आन्तरिक पर्यटकको रोजाइ बन्दै बाह्रकुने दह

दाङ– घोराही उपमहानगरपालिका– १३ स्थित बाह्रकुने दहमा पछिल्लो समय आन्तरिक

दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ

सिरहा–  जेन-जी आन्दोलनका क्रममा गत २४ भदौमा देशका विभिन्न बाल सुधार

पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा

काठमाडौं– चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्म मुलुकले कूल

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

दमौली– सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा

रायोको सागमा ९९ प्रतिशत बढी विषादी, खान अयोग्य

काठमाडौं– रायोको सागमा अत्याधिक मात्रामा विषादी भेटिएको छ । बिक्रीका