टिपरको ठक्करले प्रहरी नायव निरीक्षकको मृत्यु, चालकले मापसे गरेको खुलासा « Khabarhub

टिपरको ठक्करले प्रहरी नायव निरीक्षकको मृत्यु, चालकले मापसे गरेको खुलासा


१३ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरको मध्यपुरथिमि नगरपालिका–४ नयाँठिमीमा दुईवटा टिपरको ठक्करबाट ड्युटीमा खटिएका प्रहरी नायव निरीक्षक (सई)को मृत्यु भएको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी सविन प्रधानका अनुसार, सोमबार राति साढे ९ बजे बा ४ ख ४७०१ र बा ४ ख ४३१८ नम्बरको टिपरको ठक्करबाट सई निमबहादुर घर्तीमगरको मृत्यु भएको हो ।

टिपरको ठकरबाट घाइते घर्तीमगरलाई नर्भिक अस्पतालमा उपचारको क्रममा मंगलबार बिहान करिब ५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दाङको रामपुर घर भएका सइ घर्तीमगर महानगरीय प्रहरी परिसर भक्तपुरमा कार्यरत थिए । प्रहरीले टिपरका चालक धादिङका राजेन्द्र प्याकुरेल र राकेश सैंजुलाई नियन्त्रणमा लिएको छ ।

चालकले मापसे गरेर टिपर चलाएको खुलासा

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार, टिपर चालक राकेश सैंजुले मदिरा पिएर टिपर चलाएका कारण दुर्घटना भएको हो ।

परिसर प्रमुख एसपी सविन प्रधानका अनुसार, पानी परेर चिप्लो सडकमा प्रतिस्पर्धा गर्दै आएका दुई टिप्परले शुरुमा रेलिङ र पछि सई घर्तीलाई ठक्कर दिएका थिए ।

प्रकाशित मिति : १३ जेठ २०७७, मंगलबार  २ : २४ बजे

बन्दीपुर भ्रमण वर्षमा साढे छ लाख पर्यटक भित्रिए

तनहुँ – बन्दीपुर भ्रमण वर्ष २०२५ को अवसरमा बन्दीपुरमा छ

बुद्ध एयरका यात्रु अर्जुनधाराका मेयर भन्छन् : दुई जना भाइहरूले ढोका फुटाए, हाम्फालेर बाँच्यौँ

काठमाडौँ । शुक्रबार साँझ काठमाडौँबाट भद्रपुर झापा उडान भरेको बुद्ध

नगेन्द्र न्यौपानेको ‘दरबारको कानुन’ उपन्यास लोकार्पण

काठमाडौं । उपन्यासकार नगेन्द्र न्यौपानेको उपन्यास ‘दरबारको कानुन’ लोकार्पण गरिएको

बुद्धको अर्काे जहाज टेक्निकल टिम लिएर गयो झापा

काठमाडौँ – झापाको भद्रपुर विमानस्थलमा दुर्घटनाग्रस्त जहाजबारे अध्ययन गर्नका लागि

असहाय ज्येष्ठ नागरिक र एकल महिलालाई सिरक वितरण

सिरहा – सिरहाको लहान नगरपालिकाले चिसो मौसमलाई मध्यनजर गर्दै ४५