प्राकृतिक कारणले नै गैंडा मर्न थालेपछि घाँसे मैदान र पोखरी व्यवस्थापनमा जोड | Khabarhub Khabarhub

प्राकृतिक कारणले नै गैंडा मर्न थालेपछि घाँसे मैदान र पोखरी व्यवस्थापनमा जोड


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


चितवन– प्राकृतिक कारणले दुर्लभ एक सिङ्गे गैँडा मर्ने क्रम बढेपछि चितवन राष्ट्रिय निकुञ्जले घाँसे मैदान र पोखरीको व्यवस्थापनमा जोड दिएको छ ।

२ वर्षअघि आएको बाढीका कारण घाँसे मैदान र पोखरी पुरिएको थियो । बाढीले पूर्वीक्षेत्रका गैँडालाई बगाएर पश्चिम क्षेत्रमा धेरै पुर्‍याएको थियो । कतिपय गैँडा बगेर भारतसमेत पुगेका थिए । चालू आर्थिक वर्षको हालसम्म प्राकृतिक कारणले निकुञ्जमा मात्रै ३९ ओटा गैँडा मरिसकेका छन् ।

चितवन राष्ट्रिय वन क्षेत्रअन्तर्गत थप २ गैँडा मरेका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले बाढीका कारण घाँसे मैदान र पोखरीहरु पुरिएको बताए ।

यससँगै पश्चिम क्षेत्रमा बढी गैँडा भएकाले सो क्षेत्रमा थप घाँसे मैदान व्यवस्थापन र पोखरी निर्माण एवं सरसफाइको काम थालिएको उनले बताए । ढकालका अनुसार नियमितका अतिरिक्त २०० हेक्टर घाँसे मैदान थप व्यवस्थापन गरिँदैछ ।

निकुञ्जको पश्चिमी क्षेत्रमा रहेको टेम्पल टाइगर र खोरिया मुहानमा १/१ सय हेक्टर क्षेत्रफलमा घाँसे मैदान व्यवस्थापन गर्ने काम शुरु भएको छ ।

निकुञ्जले नियमित रुपमा हरेक वर्ष ८० हेक्टर हाराहारी क्षेत्रफलमा घाँसे मैदान व्यवस्थापन गर्ने गर्दछ । करीब  २५ लाख रुपैयाँ खर्च गरेर यस वर्ष थप २०० हेक्टर घाँसे मैदान व्यवस्थापन गर्न लागेको प्रमुख संरक्षण अधिकृत ढकालले बताए ।

निकुञ्जमा १० हजार हेक्टर घाँसे मैदान भए पनि बजेटको अभावमा थोरै क्षेत्रमात्र व्यवस्थापन गरिँदै आएको छ । ठूला खरखडाइ र घाँस काट्ने, झाडीहरु सफा गरेर घाँसे मैदान व्यवस्थापन गरिन्छ ।

यसैगरी ६० वटा पोखरी व्यवस्थापनको काम भइरहेको प्रमुख संरक्षण अधिकृत ढकालले जानकारी दिए । १ करोड २० लाख रुपैयाँ खर्च गरेर पुराना पोखरीभित्रका फोहरहरु निकाल्ने, चाक्लो बनाउने र मर्मत सम्भार गर्ने काम भइरहेको पनि उनले जानकारी दिए ।

यसका अतिरिक्त आगो निभाउन र वन्यजन्तुलाई पानी खुवाउन सहज पार्नका लागि थप १० वटा पोखरीे व्यवस्थापनका लागि गृहकार्य भइरहेको प्रमुख संरक्षण अधिकृत ढकालले बताए । निकुञ्जभित्र ठूलासाना गरी ८० वटा पुराना पोखरीहरु छन् ।

उनले पश्चिमी क्षेत्रमा गैँडा बढी भएको तर घाँस र पानीको अभाव हुन सक्ने देखिएकाले पोखरी र घाँसे मैदान व्यवस्थापनमा जोड दिएको बताए । घाँस र पानीका लागि जाँदा एकै ठाउँमा धेरै गैँडा जुधेर र हानेर मर्ने क्रम बढी भएको प्रमुख संरक्षण अधिकृत ढकालको भनाइ छ ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  १ : ३५ बजे

सांस्कृतिक संस्थानले ‘गाईजात्रा महोत्सव २०८२’ आयोजना गर्ने

काठमाडौं – सांस्कृतिक संस्थानले आगामी साउनमा ‘गाईजात्रा महोत्सव २०८२’ आयोजना

सभापति देउवाद्वारा पूर्वनिर्वाचन आयुक्त शर्माको निधनप्रति दुःख व्यक्त

काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन

बैंककमा पनि मनाइयो २१२औँ भानु जयन्ती

काठमाडौं– २१२ औँ भानु जयन्तीको विशेष अवसर पारेर आज आइतबार

गैरआवासीय नेपाली सङ्घमा ‘केसी समूह’ महाधिवेशनको तयारीमा

काठमाडौं– गैरआवासीय नेपाली सङ्घको ‘डा बद्री केसी समूह’ सङ्घको १२औँ महाधिवेशन