धराशायी बन्दै नेपालको उड्डयन क्षेत्र « Khabarhub

धराशायी बन्दै नेपालको उड्डयन क्षेत्र

दुई महिनामा ६६ अन्तर्राष्ट्रिय उडान, ७ हजार यात्रु बाहिरिए


१४ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भएको लकडाउनका दुई महिनामा नेपालको उड्डयन क्षेत्रले २ अर्ब ६७ करोड रुपैयाँ गुमाएको छ ।

वायु सेवा सञ्चालक संघका अनुसार चैत ११ गतेदेखि भएको लकडाउनले उडान बन्द हुँदा नेपाली हवाई कम्पनीहरू ठूलो आर्थिक मन्दीमा परेका छन् । लकडाउन सुरु भएदेखि नै आन्तरिक तथा बाह्य उडान बन्द छ ।

वायु सेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेल शर्माका अनुसार पर्यटकीय सिजनमा उडान बन्द गर्नु परेकोले बढी आर्थिक क्षति व्यहोर्नु परेको हो । उनले खबरहबसँग भने, ‘पर्यटकीय सिजनमा एउटा हेलिकप्टरले दैनिक ५ वटासम्म उडान भथ्र्यो, यसबाट करिब १० लाख रुपैयाँ आम्दानी हुन्थ्यो ।’

विभिन्न हवाई सेवा कम्पनीले सञ्चालन गरेका २८ वटा हेलिकप्टरले दैनिक कमाउने साढे २ करोड रुपैयाँ कोरोना भाइरस कारणले गुमाउनु परेको उनले बताए ।

विश्वव्यापी माहामारीका रूपमा फैलिएको कोरोना भाइरस संक्रमणको असर उड्डयन क्षेत्रमा लामो समय रहने शर्माको भनाइ छ । उनले भने, ‘यो वर्ष यतिकै बित्छ, २०२१ को मिहिनेत गरेर कमाएपछि २०२२ को सिजनमा पुरानै अवस्थामा आउन सक्छौँ ।’

तीन महिनाका लागि बुकिङ भएका आन्तरिक उडानहरू रद्द गर्नु परेपछि उडान क्षेत्र नै धराशायी बन्न पुगेको उनको भनाइ छ ।
लुक्लाका लागि मार्च, अप्रिल र मेका तारा, सीता र समिट एयरका कुल ३३ हजार ९ सय बुकिङ रद्द भएकाृ छ ।

सोही अवधिमा जोमसोका लागि तारा र समिट एयरका १० हजार बुकिङ रद्द भएको छ । यसबाट ६७ करोड रुपैयाँ गुमेको शर्माको भनाइ छ । पोखराका लागि बुद्ध एयरमा ३५ हजार, यति एयरमा २८ हजार र सिम्रिक एयरमा १० हजार बुकिङ रद्द भएको छ ।

लकडाउनमा ६६ उडान, ७ हजार बाहिरिए

लकडाउनको बीचमा ६६ वटा अन्तर्राष्ट्रिय चाटर्ड उडान भएको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । लकडाउनले नेपालमा रोकिएका आफ्ना नागरिक फर्काउन विभिन्न देशले चार्टड विमान पठाएका थिए ।

प्राधिकरणका अनुसार चैत १४ गतेदेखि जेठ ११ गतेसम्म ७ हजार यात्रु विमानबाट नेपाल बाहिरिए । नेपाल छाड्नेमा विदेशी नागरिक मात्र छैनन् । विदेशका ग्रीन कार्ड होल्डर र केही विद्यार्थी समेत रहेको प्राधिकरणले जनाएको छ ।

लकडाउनको अवधिमा करिब हवाइजहाजबाट करिब १ हजारभन्दा नेपाली बाहिरिएको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले खबरहबलाई जानकारी दिए । जसमा ३० जना बालबालिका छन् ।

लकडाउनमा पनि उद्धार र मेडिकल सामान ढुवानीका लागि प्राधिकरणले उडान अनुमति दिएको प्रवक्ता क्षेत्रीले बताए ।

कुन उडान कति ?

लकडाउनमा नेपालबाट भएका चाटर्ड उडानमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमसहित कार्गो, टाइटान, मेलिण्दो, सुडान, बुद्ध, ड्रुक, रोयल र हिमालय एयरलाइन्ससहित विभिन्न वायु सेवाले चाटर्ड उडान गरेका छन् ।

दुई महिनामा सबैभन्दा बढी उडान नेपाल एयरलाइन्सले १५ अन्तर्राष्ट्रिय उडान गरेको छ ।

त्यस्तै, नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने निजी कम्पनी हिमालय एयरलाइन्सले चीनका विभिन्न गन्तव्यबाट स्वास्थ्य सामग्री ढुवानी ग¥यो । हिमालय एयरलाइन्सले चीनको बेइजिङ, ग्वाङ्जाओ, चाङसा, कुङमिङ लगायतका स्थानबाट १० चार्टड उडान गरेको प्रवक्ता क्षेत्रीले बताए ।

बेलायतबाट आएको टिटान एयरको तीन र दक्षिण कोरियाको कोरियन एयरले एक उडान गरे । त्यस्तै इत्तिहादले दुई र चेक रिपब्लिकनले एक उडान गरे ।

नेपालबाट विदेशी यात्रु लैजान कतार एयरवेजले ११ चार्टड उडान गर्‍यो । त्यस्तै मलेसियाको मेलिण्दो एयरले एक, नेपालको श्री एयरलाइन्स सुडान, सिंगापुर गरी तीन चार्टड उडानबाट विदशी यात्रु पुर्‍याए ।

एयर अरेयिबा, एयर पाकिस्तान, एयर चाइना, एयर इन्डिया, इत्तिहाद, श्रीलंकन एयरवेज, टाइटन एयर, कोरियन एयरलाइन्स जर्नी एभिएसन, रोयल फ्लाई, चिनियाँ एयर फोर्स, मलेसियन एयरलगायतले नेपालमा उडान गरे ।

यसबीचमा विशेष गरी जर्मनी, फ्रान्स, न्युजिल्याण्ड, मलेशिया, श्रीलंका, माल्दिभ्स रुस, चेक रिपब्लिकन, अमेरिका, बेलायतका नागरिक स्वदेश फर्किए ।

प्रकाशित मिति : १४ जेठ २०७७, बुधबार  ५ : ३९ बजे

विश्वकप इतिहासमै कतारले जोड्यो पहिलो अंक

काठमाडौं- फिफा विश्वकप २०२६ को समूह ‘बी’ अन्तर्गत सन फ्रान्सिस्कोस्थित

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

काठमाडौं- प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि आगामी

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

काठमाडौं– विज्ञहरूले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए पनि अन्धोपनको

वाणिज्य बैंकमा मुद्दतीतर्फको ब्याज थप घट्यो

काठमाडौं– वाणिज्य बैंकहरूमा असार महिनाका लागि मुद्दती निक्षेपतर्फको औसत ब्याजदर

काठमाडौं महानगरले नगर अस्पताल स्थापना गर्ने 

काठमाडौं– काठमाडौं महानगरपालिकाले महानगरवासीको स्वास्थ्य उपचारका लागि नगर अस्पताल स्थापनाको