विप्लव समूहका नेता गजमेर पक्राउ « Khabarhub

विप्लव समूहका नेता गजमेर पक्राउ


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे- नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता लेखराज गजमेरलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार साँझ धुलिखेलबाट उनी पक्राउ परेका हुन् ।

गजमेरलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलले थुनामुक्त गरेलगत्तै सादा पोशाकका प्रहरीले पुनःगिरफ्तार गरेको जनाइएको छ ।

प्रहरीले गजमेरलाई पुनःगिरफ्तार गरी काठमाडौँ लगेका हुन् । सङ्गठित अपराधअन्तर्गत विस्फोटक पदार्थ मुद्दामा केही महिनाअघि पक्राउ परेका गजमेरलाई बुधबार सर्वोच्च अदालतको आदेशमा थुनामुक्त गर्न आदेश दिएको थियो ।

सर्वोच्चको आदेशानुसार जिल्ला अदालत काभ्रेपलाञ्चोकका श्रेस्तेदार गोविन्दप्रसाद घिमिरे र अधिकारकर्मी हिरामान लामाको रोहवरमा गजमेरलाई थुनामुक्त गरिएको थियो ।

लामाका अनुसार चन्द समूहका दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य गजमेरलाई धुलिखेल प्रहरीले थुनामुक्त गरेलगत्तै प्रहरी निरीक्षक सुरेश खत्री नेतृत्वको सादा पोशाकका प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालयको अघिल्तिरबाट गिरफ्तार गरी काठमाडौँ लगेको हो ।

गजमेरलाई गत वैशाख १८ गते जिल्ला प्रहरी कार्यालय रामेछापको हिरासतबाट काभ्रेपलाञ्चोक ल्याइएको प्रहरीले जनाएको छ ।

गजमेरले यही जेठ २ गते सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएपछि सर्वोच्चले थुनामुक्त गर्न आदेश दिएको थियो ।

केही महिनाअघि सिन्धुपाल्चोकबाट गिरफ्तारीमा परेका गजमेरलाई सङ्गठित अपराधअन्तर्गत विस्फोटक पदार्थ मुद्दामा दोलखा, रामेछापपछि काभ्रेपलाञ्चोकमा मुद्दा चलाइएको थियो ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  ९ : ०४ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन