यी हुन् नाम बदलेर बलिउडमा राज गर्ने चर्चित अभिनेत्री « Khabarhub

यी हुन् नाम बदलेर बलिउडमा राज गर्ने चर्चित अभिनेत्री


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्वभर नाम बदलेर सिने जगतमा कदम राख्ने कलाकारको कमी छैन । बलिउडमा नाम बदलेर पहिचान बनाउने अभिनेताको सूची लामो बन्छ ।

जनि वाकर, दिलिप कुमार, राजेश खन्नादेखि अक्षय कुमारसम्मको पुस्ताले नाम बदलेर बलिउडमा काम गरेका छन् । तर अभिनेताले मात्र होइन अभिनेत्रीलेसमेत नाम बदलेर बलिउडमा राज गरेका छन् ।

आज हामी यस्ता केहि अभिनेत्रीका बारेमा चर्चा गर्नेछौ जसले बलिउडमा आफ्नो नाम बदलेर पहिचान बनाए ।

१. मधुबाला
पचास र साठीको दशककी बलिउडकी दिग्गज अभिनेत्रि मधुबालाको असली नाम मुमताज बेगम थियो । जसलाई मुमताजले बलिवुडमा कदम राख्नासाथ नाम बदलेर मधुबाला बनाइन् ।

२. रीना राय
सायदै कम मानिसलाई थाहा होला, बलिउडकी चर्चित अभिनेत्री रीना रायसमेत एक मुस्लिम परिवारबाट थिइन् । रीना रायको असली नाम सायरा अली हो ।

३. तब्बू

तब्बु समेत बलिउडकी एक दिग्गज अभिनेत्री हुन् । तब्बूको असली नाम तब्बसुम फातिमा हाशमी हो । तब्बूले अभिनेत्रीका रुपमा सन् १९८५ मा बलिउडमा पाइला राखेकि थिइन् ।

४. मान्यता दत्त
बलिउड अभिनेता संजय दत्तकी श्रीमती मान्यता दत्तको पनि असली नाम दिलनवाज शेख हो । मान्यताले फिल्ममा काम गर्नका लागी नाम बदलेकी थिइन् । मान्यता संजयकी तेश्रो पत्नी हुन् ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  १० : ३५ बजे

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

धनगढी– कैलालीका सामुदायिक वनमा खाली तथा कम उपयोग भएका भूभागलाई

जाजरकोट पहिरो : मृत्यु हुनेको संख्या दुई पुग्यो, दुई जना अझै बेपत्ता

जाजरकोट – अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिकाका विभिन्न स्थानमा

प्रस्तावित शिक्षा ऐनका लागि विराटनगरबाट ‘शिक्षा संवाद’, सातै प्रदेशमा सञ्चालन गरिने

काठमाडौँ – प्रस्तावित नयाँ शिक्षा ऐन निर्माणअघि शिक्षा क्षेत्रका सरोकारवालासँग

‘सरकारमा पुग्दा कम्युनिस्टको शक्ति क्षयीकरण भयो’: एमाले महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका कम्युनिस्ट विद्रोह

ओलीलाई रावलको प्रश्न- नेतृत्वबारे बहस गर्नेलाई ‘अराजक’ देख्नु कुन सिद्धान्त हो ?

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व