गीतकार रत्नशमशेर थापाको निधन | Khabarhub Khabarhub

गीतकार रत्नशमशेर थापाको निधन


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वरिष्ठ गीतकार रत्नशमशेर थापाको निधन भएको छ । उपचारका क्रममा उनको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।

बुधबार बेलुकी अस्वस्थ भएपछि उनलाई उपचारका लागि नर्भिक अस्पताल लगिएको थियो । आज बिहान साढे ११ बजे उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

उनको पीसीआर टेष्टका लागि स्वाब समेत लिइएको छ । बेलुकी ६ बजे रिपोर्ट आएपछि थापाको पार्थिव शरीर परिवारलाई वुझाइने महेशले जानकारी दिए । गीतकार थापाको ८३ बर्षको उमेरमा निधन भएको हो ।

गीतकार थापाले लेखेका ‘घुम्तीमा नआउ है, पन्छीमा राम्रो डाँफे, ए कान्छा ठट्टैमा, जाग लम्क चम्क हे’ जस्ता कालजयी गीत लेखेका छन् ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  २ : ५८ बजे

अस्थायी रूपमा सेवा दिँदै नेपालगञ्जका क्षतिग्रस्त कार्यालय

नेपालगञ्ज– आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएका यहाँका कार्यालयमध्ये केहीले अस्थायी

कार्कीलाई बधाई दिँदै उद्योग सङ्गठन मोरङले भन्यो – लुटपाट, आगजनी तथा विध्वंसमा सङ्लग्नलाई दण्डित गरियोस्‌

काठमाडौँ – पूर्वका उद्योगीहरूको छाता संस्था उद्योग सङ्गठन मोरङले नवनियुक्त

जिल्ला कारागार चितवनमा २३५ कैदीबन्दी फर्किए

चितवन– कारागार कार्यालय चितवनबाट फरार कैदीबन्दीमध्ये २३५ जना कारागारको सम्पर्कमा

पाँच दिनपछि खुल्यो गड्डाचौकी नाका

दोधारा चाँदनी– नेपालमा ‘जेनजी’को आन्दोलनपछि बन्द भएको गड्डाचौकी नाका पाँच

चाडपर्वमा यातायात व्यवस्थित गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय

काठमाडौं– सरकारले वर्तमान परिस्थिति एवं चाडपर्वको समयमा यात्रुको यात्रा सुरक्षित र