संविधान संशोधनको प्रस्तावबारे कांग्रेसले केन्द्रीय समिति बैठकबाट निर्णय गर्ने « Khabarhub

संविधान संशोधनको प्रस्तावबारे कांग्रेसले केन्द्रीय समिति बैठकबाट निर्णय गर्ने


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संविधान संशोधनको प्रस्तावबारे पार्टी केन्द्रीय कार्यसमिति बैठकबाट निर्णय गर्ने बताएको छ।

सरकारले सदनमा दर्ता गराएको संविधान संशोधन प्रस्तावबारे शनिबार दिउँसो १ बजे केन्द्रीय कार्यसमिति बैठकमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

बिहीबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै शर्माले कांग्रेस केन्द्रीय समितिबाट संस्थागत निर्णय गरेपछि संशोधनको प्रस्तावमा मत राखिने बताए।

‘सरकारले संविधान संशोधनको प्रस्ताव ल्याएको छ। त्यो जुनबेला पारित हुन्छ त्यसबेला कांग्रेसले केन्द्रीय कार्यसमितिमा छलफल गरी निर्णय गरिसकेर संसदमा राष्ट्रिय स्वाभिमानको पक्षमा नक्साका पक्षमा उभिनेछौं। त्यसबेला यो पास भएर जानेछ,’ प्रवक्ता शर्माले भने।

उनले स्वदेश र विदेशमा रहेका विभिन्न सञ्चारमाध्यमबाट आएका समाचारका भ्रममा नपर्न पनि आग्रह गरे।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  ३ : २१ बजे

सिंहदरबारमा सर्वदलीय बैठक : कांग्रेस सभापति गगन थापा उपस्थित हुँदा एमालेले पठायो पद्‍मा अर्याल

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

भोटेकोशी बाढी : विवरण सङ्कलन गर्न  समिति गठन

रसुवा– भोटेकोशी  बाढीबाट भएको धनजनको क्षतिको विवरण सङ्कलन गर्न जिल्लामा २५

एक्लेखेतमा बाढी पस्दा १३ घर प्रभावित

दमौली– अविरल वर्षाका कारण शुक्लागण्डकी नगरपालिका–२ एक्लेखेतमा ताकुडाँडाको खोल्सीको बाढीले

वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको औसत ब्याजदरमा थप गिरावट

काठमाडौं– चालु आर्थिक वर्षको भदौ महिनाको तुलनामा वाणिज्य बैंकहरूमा असोज

एकैदिन तोलामा एक हजार ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  सुनको