चालु वर्षको बजेट खर्च ७० प्रतिशत मात्रै हुने « Khabarhub

चालु वर्षको बजेट खर्च ७० प्रतिशत मात्रै हुने


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चालु आर्थिक वर्षमा ७० प्रतिशत मात्रै खर्च हुने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को बजेट वक्तव्यमा उक्त संशोधित अनुमान सार्वजनिक गरेका हुन् ।

उनले यो वर्षको बजेटमध्ये १९ खर्ब ७३ अर्ब रुपैयाँ मात्रै खर्च हुने बताएका हुन् । यसमध्ये चालुतर्फ ७३.३ प्रतिशत, पुँजीगततर्फ ५८.८ प्रतिशत र वित्तीयय व्यवस्थातर्फ ७८.८ प्रतिशत खर्च हुने अपेक्षा गरिएको छ ।

स्रोततर्फ राजश्व परिचालन ७४.४ प्रतिशत हुनेछ । चालु आर्थिक वर्षमा ८ खर्ब २८ अर्ब राजश्व उठ्ने, ३२ अर्ब वैदेशिक ऋण अनुदान र वैदेशिक ऋण १ खर्ब २१ अर्ब रुपैयाँ तथा आन्तरिक ऋण १ खर्ब १९ अर्ब उठ्ने अनुमान गरिएको छ ।

चालु आर्थिक वर्षमा १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको बजेट ल्याएको थियो । सो वर्ष चालुतर्फ चालु खर्चतर्फ ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख रुपैयाँ, पुँजीगततर्फ ४ खर्ब ८ अर्ब ५९ करोड ५९ लाख रुपैयाँ तथा वित्तीय व्यवस्थातर्फ १ खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  ४ : ४१ बजे

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन

सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को