मासिक १० युनिटसम्म खपत गर्नेलाई निःशुल्क बिजुली | Khabarhub Khabarhub

मासिक १० युनिटसम्म खपत गर्नेलाई निःशुल्क बिजुली


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- घरायसी साना उपभोक्तालाई विद्युत महशुलमा छुटको व्यवस्था गरेको छ। आर्थिक वर्ष २०७७/७८ को बजेट भाषणका क्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले मासिक १० युनिटसम्म खपत गर्ने उपभोक्तालाई निशुल्क व्यवस्था गरेको बताए।

बजेट भाषणमा उनले भने, ‘मासिक १० युनिटसम्म खपत गर्नेलाई निशुल्क, १५० युनिटसम्म खपत गर्नेलाई २५ प्रतिशत र २५० युनिटसम्म खपत गर्नेलाई १५ प्रतिशत महशुल छुट दिइनेछ ।’

खानेपानी र सिचाइ उपभोक्ता समितिले तिर्नुपर्ने विधुत शुल्क मिनाह र विद्युत महशुलमा सहुलियतको व्यवस्था गरेको छ। यस्तै कोभिड १९ का कारण प्रभावित उत्पादनमुलक उद्योगले लकडाउनअवधिभर विद्युतको डिमान्ड शुल्क छुट दिने र माग कम हुने समयमा विद्युतको खपतमा ५० प्रतिशत छुट दिने प्रबन्ध मिलाइएको छ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  ५ : ३४ बजे

सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

काठमाडौं– छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ

संकटमा माटोका भाँडा व्यवसायी

कैलाली– पछिल्लो समय प्लास्टिकका भाँडा बढी मात्रामा प्रयोग गर्न थालेपछि

केरा पकाउने राइपनिङ चेम्बर अनुदानमा पाएपछि व्यवसायी उत्साहित

चितवन– जिल्लामा केरा उत्पादन गरेर बिक्री वितरणका लागि केरा पकाउने

समग्र सहकारी ठगी प्रकरणमा छानबिन गर्न एमाले तयार : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेले समग्र सहकारी ठगी प्रकरणमा छानबिन गर्न आफूहरू

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रूपमा सेवा सुरु

काठमाडौं– ‘इन्ड्राइभ’ विशेष गरी सबैलाई थाहा होला । इन्ड्राइभ धेरैलाई