'प्रधानमन्त्री रोजगार कार्यक्रम'को बजेट बढाएर ११ अर्ब ६० करोड पुर्‍याइयो | Khabarhub Khabarhub

‘प्रधानमन्त्री रोजगार कार्यक्रम’को बजेट बढाएर ११ अर्ब ६० करोड पुर्‍याइयो


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले ६ लाख रोजगारी सिर्जना गर्ने गरी करिब २० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ।

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई दोब्बर बजेट दिँदै ११ अर्बभन्दा बढी पुर्‍याइएको छ। यसका लागि चालु आवमा ५ अर्ब छुट्याइएको थियो ।

बजेट बढाएर आगामी वर्षका लागि ११ अर्ब ६० करोड रुपैयाँ पुर्‍याइएको हो। यसबाट थप दुई लाख रोजगारी सिर्जना गर्ने सरकारको लक्ष्य छ।

कोरोनाका कारण रोजगार गुमाएका र विदेशबाट फर्केकालाई पारिश्रमिकसहितको जनसहभागितामूलक पारिश्रमिकमा आधारित रोजगार कार्यक्रम ल्याउने योजना बजेटमा छ।

हस्तकला, प्लम्बर, कालिगढ, बिजुली मर्मत, सिलाई कटाइ, सिकर्मी, डकर्मी, ब्युटिसियन, कपाल कटाइ लगायतका सीप विकास विकास गरी ५० हजार रोजगारी सिर्जना गर्न १ अर्ब रुपैयाँ बजेटमा विनियोजन गरिएको छ।

रोजगार सेवा केन्द्रलाई श्रम सूचना केन्द्रको रुपमा विकास गर्ने र निजी क्षेत्रका उत्पादनमुलक उद्योगले सोही व्यक्तिलाई न्युनतम दुई वर्ष रोजगारीको दिने ग्यारेन्टी गरी तालिम दिएर रोजगारीमा लगाएमा तीन महिनाको न्युनतम पारिश्रमिकको ५० प्रतिशत ज्याला अनुदान दिइने भएको छ।

यसका लागि एक अर्ब बजेट विनियोजन गरिएको छ। यसबाट पनि थप ५० हजार व्यक्तिले सीपयुक्त रोजगारी पाउने अनुमान छ।

प्राविधिक तथा व्यावसायिक तालिममा ४ अर्ब ३४ करोड बजेट विनियोजन गरिएको छ। यसबाट थप ७५ हजारलाई तालिम दिने र रोजगारी पाउने अपेक्षा छ।

 

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  ५ : ४१ बजे

सोलुखुम्बुको थामेखोलाले पाँच घर बगायो

सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामेखोलामा आएको बाढीले

नेपालले जित्यो आसामविरुद्धको सिरिज

काठमाडौं – भारतको गुवाहाटीमा सम्पन्न पाँच खेलको टी-२० शृंखला नेपाल

अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ८०० नाघ्यो

अफगानिस्तान – अफगानिस्तानको दुर्गम, पहाडी क्षेत्रमा शक्तिशाली भूकम्पमा परी मृत्यु

प्रधानमन्त्री ओली र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

काठमाडौं – साङ्घाइ सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनका लागि चीनको

थियान्चिनबाट एसीओले विश्वलाई दिएको सन्देश

काठमाडौं– अहिले चीनको थियान्चिन शहरमा विश्वका प्रभावशाली नेताहरुको जमघट छ