सशस्त्र प्रहरीको गुल्मपति तथा स्टाफ तालिम सम्पन्न « Khabarhub

सशस्त्र प्रहरीको गुल्मपति तथा स्टाफ तालिम सम्पन्न


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सशस्त्र प्रहरीको मातातिर्थमा सञ्चालित गुल्मपति तथा स्टाफ तालिम सम्पन्न भएको छ ।

सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित एक कार्यक्रमका तालिम समापन गरेका हुन् ।

उनले तालिमका उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्दै प्रशिक्षकहरुलाई समेत प्रसंशापत्र प्रदान गरे ।

महानिरीक्षक खनालले त्यसअवसरमा फौजी संगठनमा तालिमको विशेषा महत्व रहको चर्चा गर्दै यस्ता व्यावसायिक तालिमले सशस्त्र प्रहरी कर्मचारीको बृत्ति विकासमा सघाउ पुग्ने विश्वास व्यक्त गरे ।

उनले सशस्त्र प्रहरी कर्मचारीहरुले यस्ता तालिमबाट प्राप्त ज्ञान, कला र कौशलको उपयोग गरी जिम्मेवारी निर्वाह गर्न आग्रह गरे ।

महानिरीक्षक खनालले कमाण्डर तहका अधिकृहरुले मातहतका कर्मचारीहरुलाई समेत सिकाउँदै सामुहिक भावनाकासाथ राज्य र संगठनले सोचे अनुरुपको लक्ष्य प्राप्तीमा क्रियाशील रहनुपर्ने उल्लेख गरे ।

गत फागुन २० गतेबाट संचालन भएको उक्त तालिममा ३५ जना सशस्त्र प्रहरी निरीक्षकहरु प्रशिक्षार्थीको रुपमा सहभागी रहेका थिए ।

उक्त तालिममा सशस्त्र प्रहरी निरीक्षक बिश्वराज योञ्जन सर्वप्रथम भए भने सोधपत्रतर्फ सशस्त्र प्रहरी निरीक्षक मनबहादुर पाण्डे उत्कृष्ट बनेका थिए ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम के.सी. र रामशरण पौडेल लगायत बरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  ८ : २१ बजे

नक्कली भुटानी शरणार्थी प्रकरण : प्रमाणको मिसिल झिकाउन जिल्ला अदालतको आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दामा

स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने

काठमाडौँ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने

नेविसंघका अध्यक्ष शेर्पा कार्यकाल सकेर भए बिदा

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)

कर्मचारीलाई सरकारले भन्यो : तत्काल ट्रेड युनियनका कार्यालय बन्द गरेर तोकिएको काममा फर्किनू

काठमाडौँ । सरकारले ट्रेड युनियनका सबै कार्यालयहरू तत्काल बन्द गर्न