ट्रम्पले जारी गरे सामाजिक सञ्जाल नियमन गर्ने कार्यकारी आदेश | Khabarhub Khabarhub

ट्रम्पले जारी गरे सामाजिक सञ्जाल नियमन गर्ने कार्यकारी आदेश


१६ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाहरूलाई नियमन गर्ने कार्यकारी आदेश जारी गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरले आफ्ना ट्वीटमा ‘तथ्य जाँच’ राखेपछि रूष्ट बनेका ट्रम्पले उक्त प्रकरणको ४८ घण्टाभित्र सामाजिक सञ्जालहरूलाई नियमन गर्ने कार्यकारी आदेश जारी गरेका हुन् ।

जारी कार्यकारी आदेशसँगै अब सामाजिक सञ्जालले पाउँदै आएका केही कानूनी सुरक्षा हटेका छन् ।

ट्वीटर, फेसबुकलगायतका सामाजिक सञ्जालमा पोस्ट भएका सामग्रीप्रति उनीहरुले सम्पादन गरे वा हटाए त्यसकाविरुद्ध प्रयोगकर्ता वा नियामक निकायले कानूनी उपचार खोज्न पाउने भएका छन् ।

ट्रम्पले कम्युनिकेशन डिसेन्सी सम्बन्धी कानूनलाई स्पष्ट पार्नका लागि भन्दै कार्यकारी आदेश जारी गरेको बताएका छन् । उक्त कानूनले फेसबुक, ट्वीटर, युट्यूबसहितका सामाजिक सञ्जाललाई केही अवस्थामा कानूनी सुरक्षा प्रदान गर्दै आएको छ ।

उक्त कानूनको दफा २३० अनुसार आफ्ना प्रयोगकर्ताबाट पोस्ट भएका सामग्रीका लागि सामाजिक सञ्जालहरु जिम्मेवार हुँदैनन् । तर सामाजिक हितका लागि ती सामग्रीलाई हटाउने वा चेतावनी राख्नेसहितका काम भर्ने गर्न पाउँछन् ।

ट्रम्पले जारी गरेको कार्यकारी आदेशमा सामाजिक सञ्जालले प्रयोगकर्ताबाट पोस्ट भएका सामग्री सम्पादन गरेमा अब भने दफा २३० अन्तर्गतको नियम लागु नहुने उल्लेख छ ।

कार्यकारी आदेश जारी गर्ने क्रममा ट्रम्पले सामाजिक सञ्जालसँग हाल बिना नियमन असीमित शक्ति रहेको बताएका थिए ।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालले कन्जरभेटिभ आवाजहरुमाथि बन्देज लगाएको एवं सेन्सर गरेर वाक स्वतन्त्रताको उल्लंघन भएको अभियोग लगाउँदै आएका छन् ।

प्रकाशित मिति : १६ जेठ २०७७, शुक्रबार  ६ : ५५ बजे

महोत्तरीमा थारू संग्रहालय भवन निर्माण गरिँदै

महोत्तरी- आदिवासी थारू समुदायको भाषा, संस्कृति र परम्पराको संरक्षण तथा

कसरी भयो सुनको भाउमा १२ वर्षयताकै सबैभन्दा ठूलो गिरावट ?

काठमाडाैं – सुनको मूल्यमा तीव्र गिरावट आएको छ। महँगो धातुको

नेवार समुदायले यसरी मनाए म्हपूजा (तस्बिरहरू)

काठमाडाैं । नेवार समुदायको परम्परागत र मौलिक चाड रुपमा मनाइने

५० ओभर नै स्पिनर प्रयोग गर्ने पहिलो टोली बन्यो वेस्ट इन्डिज

काठमाडौं – वेस्ट इन्डिजले बंगलादेशविरुद्धको एकदिवसीय श्रृङ्खलामा नयाँ इतिहास रचेको

माल्दिभ्समा चम्किएकी कामना बिष्ट

काठमाडौँ- नेपालकी राष्ट्रिय भलिबल खेलाडी कामना बिष्ट माल्दिभ्समा जारी नाइबोली