अपलोड गरेका सामग्री फेसबुकले हटाए उजुरी गर्न पाइने ! « Khabarhub

अपलोड गरेका सामग्री फेसबुकले हटाए उजुरी गर्न पाइने !


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका– आफूले अपलोड गरेको सामग्री हटाइएमा त्यसविरुद्ध प्रयोगकर्ताले उजुरी गर्न सक्ने गरी फेसबुकले नयाँ स्वतन्त्र निकायको गठन गर्न लागेको छ ।

फेसबुकका संस्थापक मार्क जुकरबर्गले अमेरिकी अखबार वाशिंटन पोष्टमा विचार प्रकाशित गर्दै आफ्ना सामग्री हटाइएको भए त्यसविरुद्ध उजुरी गर्न मिल्नेगरी स्वतन्त्र निकायको गठन गर्न लागेको जनाएका हुन् ।

उनले सामाजिक सञ्जालको नियमनमा सरकारले थप कडाई गर्नुपर्ने समेत जनाए ।

सामाजिक सञ्जालमा राखिएका खतरनाक र घृणा फैलाउने सामग्रीको नियमन गर्नु सामाजिक सञ्जाल कम्पनीहरुका लागि ठूलो चुनौति रहेकाले सरकारले त्यसको जिम्मा लिनुपर्ने जुकरबर्गको भनाइ छ ।

उनले चुनावी निष्पक्षता, घृणा फैलाउने तथा खतरनाक सामग्री, गोपनियता र डेटा पोर्टेबिलिटीका क्षेत्रमा नयाँ किसिमका नियम र कानून निर्माण गर्न समेत आह्वान गरेका छन् ।

न्यूजिल्याण्डको क्रिष्टचर्च शहरमा ५० जनाको ज्यान जानेगरी गोराजातिका एक उग्रवादीले मस्जिदमा गराएको आक्रमणको दुई सातापछि संसारको सबैभन्दा ठूलो सामाजिक सञ्जाल कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारीको यस्तो भनाइ आएको हो । आक्रमणकारीले फेसबुकमार्फत् आक्रमणको प्रत्यक्ष प्रसारण गरेपछि फेसबुकमाथि घृणा फैलाउने तथा खतरनाक सामग्री नियमन गर्ने र त्यसलाई हटाउने ठूलो दबाब आइपरेको छ ।

‘धेरै सांसद्हरुले भन्छन्, बाक स्वतन्त्रताविरुद्ध मसँग ठूलो शक्ति छ र साँच्चै भन्दा म त्यसलाई स्वीकार गर्छु ।’ जुकरबर्गले लेखेका छन् ।
उनले सबै सामाजिक सञ्जाललाई समेट्ने गरी बाध्यकारी कानून ल्याउन समेत सरकारसँग आह्वान गरेका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  ६ : ५० बजे

२१ किलो सुनसहित पक्राउ परेका चिनियाँ नागरिक र बरामद सामग्री सार्वजनिक

काठमाडौं- काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नं. २, माथिल्लो भङ्गालमा घर

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १७ अर्ब ३० करोड ३ लाख ७३ हजार ३५ रूपैँया जम्मा

काठमाडौं– सरकारले लगानीसम्बन्धी सरकारी सेवालाई सरल, पारदर्शी बनाउन आवश्यक कार्यविधि

कांग्रेस महाधिवेशन: तीन हजार ७५४ मत खस्यो

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व

ग्यास अभावबाट प्रभावित विद्यार्थीलाई वैकल्पिक ऊर्जा केन्द्रले दियो इन्डक्सन चुलो

काठमाडौँ – वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले लोपोन्मुख आदिवासी जनजाति तथा

प्रधानमन्त्री कार्यालयको साप्ताहिक ब्रिफिङ: के गर्दैछ सरकार ?

काठमाडाैँ – आगामी चाडपर्व र विपद्पश्चात्को अवस्थामा आपूर्ति शृंखलामा पर्न