प्याकेजमै संविधान संशोधन गरौं : नेता महतो « Khabarhub

प्याकेजमै संविधान संशोधन गरौं : नेता महतो


१६ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले प्याकेजमा संविधान संशोधन गर्न माग गरेका छन् ।

आज साझ रेडियो काठमाडौं ९२.१ मेघाहर्जमा युपी लामिछानेसँगको अन्तर्वार्तामा महतोले संविधानको अनुसूचीमा नेपालको नयाँ नक्सासहितको निशान छाप परिवर्तन गर्न सरकारले ल्याएको संशोधन प्रस्तावसँगै आफूहरुले उठाएका माग पिसँगै अगाडि बढाउनुपर्ने बताएका हुन् ।

मधेस केन्द्रीत दलले प्रदेशको सिमांकन, नागरिकता,भाषा, संघीय आयोग गठन लगायतका विषयमा संविधानमा भएको वयवस्था संशोधनको माग गर्दै आएका छन् ।

उनले नेपालको अतिक्रमित भूमि फिताए ल्याउनुपर्ने र त्यसका लागि राष्ट्रिय सहमति आवश्यक रहेको बताए ।

“हाम्रो जमिन फिर्ता गर्ने हो । सरकारलाई हामीले त्यसमा साथ र समर्थन लिएर, राष्ट्रिय सहमति जुटाएर जाउ भनिरहेका छौं” उनले भने, “ अर्को मधेसी, जनजाति, थारुहरुले आवाज उठाएको संविधान संशोधनका माग पनि प्याकेजमा गर्नुपर्छ ।’

नेता महतोले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र तत्कालीन नेकपा एमालेका नेता केपी ओलीले महाकाली सन्धी गर्दा राष्ट्रघात गरेको आरोप पनि लगाए ।

महाकाली सन्धी अध्ययन कार्यदलको संयोजक रहेका ओलीले सन्धी छिटो पारित गराउनुपर्छ भनेको पनि उनले स्मरण गरे ।

नेता महतोले महाकाली सन्धी गर्दा दौरा शुरुवाल र टोपी लगाउनेले नै राष्ट्रघात गरेको भनदै मधेसका धोती लाउनेले कहिल्यै राष्ट्रघात नगरेको बताए ।

प्रकाशित मिति : १६ जेठ २०७७, शुक्रबार  १० : ४८ बजे

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक

इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी

तेहरान- इरानले अहिले जारी आक्रमण रोक्न खाडी देशहरूले भूमिका खेल्नुपर्ने