प्याकेजमै संविधान संशोधन गरौं : नेता महतो « Khabarhub

प्याकेजमै संविधान संशोधन गरौं : नेता महतो


१६ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले प्याकेजमा संविधान संशोधन गर्न माग गरेका छन् ।

आज साझ रेडियो काठमाडौं ९२.१ मेघाहर्जमा युपी लामिछानेसँगको अन्तर्वार्तामा महतोले संविधानको अनुसूचीमा नेपालको नयाँ नक्सासहितको निशान छाप परिवर्तन गर्न सरकारले ल्याएको संशोधन प्रस्तावसँगै आफूहरुले उठाएका माग पिसँगै अगाडि बढाउनुपर्ने बताएका हुन् ।

मधेस केन्द्रीत दलले प्रदेशको सिमांकन, नागरिकता,भाषा, संघीय आयोग गठन लगायतका विषयमा संविधानमा भएको वयवस्था संशोधनको माग गर्दै आएका छन् ।

उनले नेपालको अतिक्रमित भूमि फिताए ल्याउनुपर्ने र त्यसका लागि राष्ट्रिय सहमति आवश्यक रहेको बताए ।

“हाम्रो जमिन फिर्ता गर्ने हो । सरकारलाई हामीले त्यसमा साथ र समर्थन लिएर, राष्ट्रिय सहमति जुटाएर जाउ भनिरहेका छौं” उनले भने, “ अर्को मधेसी, जनजाति, थारुहरुले आवाज उठाएको संविधान संशोधनका माग पनि प्याकेजमा गर्नुपर्छ ।’

नेता महतोले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र तत्कालीन नेकपा एमालेका नेता केपी ओलीले महाकाली सन्धी गर्दा राष्ट्रघात गरेको आरोप पनि लगाए ।

महाकाली सन्धी अध्ययन कार्यदलको संयोजक रहेका ओलीले सन्धी छिटो पारित गराउनुपर्छ भनेको पनि उनले स्मरण गरे ।

नेता महतोले महाकाली सन्धी गर्दा दौरा शुरुवाल र टोपी लगाउनेले नै राष्ट्रघात गरेको भनदै मधेसका धोती लाउनेले कहिल्यै राष्ट्रघात नगरेको बताए ।

प्रकाशित मिति : १६ जेठ २०७७, शुक्रबार  १० : ४८ बजे

युक्रेनी राष्ट्रपति जेलेन्स्की र अमेरिकी राजदूत बर्लिनमा भेट्दै

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष प्रतिनिधि स्टिभ विटकोफले

पोल्याण्डको सीमालाई बलियो बनाउन जर्मनीले सैनिक पठाउने

एजेन्सी– जर्मनीले पोल्याण्डको पूर्वी सीमालाई बलियो बनाउन आफ्नो सेनाको एक

सुरेश रजकको परिवार भेटेर सञ्चारमन्त्रीले भने- न्यायका लागि पहल गर्नेछु

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सहिद पत्रकार सुरेश

हर्क साम्पाङले भने- निर्वाचनपछि बन्ने सरकारको नेतृत्व मैले गर्छु

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी निर्वाचनपछि बन्ने