हिरासतमा अश्वेत व्यक्तिको मृत्युपछि अमेरिकाको मिनेशोटामा तनाव « Khabarhub

हिरासतमा अश्वेत व्यक्तिको मृत्युपछि अमेरिकाको मिनेशोटामा तनाव


१८ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरी हिरासतमै एक अश्वेत व्यक्तिको मृत्यु भएपछि अमेरिकाको मिनेशोटामा तनाव उत्पन्न भएको छ ।

जर्ज फ्लोइडको प्रहरी हिरासतमै मृत्यु भएपछि मिनेशोटामा सोमबारदेखि जारी प्रदर्शनले हिंसात्मक रूप लिएको छ ।

ब्यापक मात्रा प्रहरी परिचालन गरिए पनि प्रदर्शनकारीहरूले आगजनी, ढुंगामुडा र तोडफोड रोकेका छैनन् ।

तस्वीर : एपी

हिंसात्मक रुप लिएपछि अमेरिकाको मिनेशोटाका गर्भनरले त्यसको निन्दा गरेका छन् । मिनेशोटासहित अमेरिकाका विभिन्न क्षेत्रमा फ्लोइडको निधनपछि विरोध प्रदर्शन भइरहेका छन् ।

राज्यका गभर्नर टिम वाल्जले प्रदर्शन फ्लोइडको हत्याको विरोधमा मात्रै सीमित नरहेको बताएका छन् ।

फ्लोइडको हत्या आरोपमा मिनियापोलस प्रहरीका एक अधिकारीलाई पक्राउ गरी अभियोग दर्ता भएको छ तर पनि प्रदर्शन रोकिएको छैन ।

गएको सोमबार ती प्रहरी अधिकारीले ४६ वर्षका फ्लोइडलाई पक्राउ गर्ने क्रममा उनको घाँटीमा घुँडाले थिचेका भिडियो भाइरल भएको थियो ।

प्रकाशित मिति : १८ जेठ २०७७, आइतबार  ६ : ३२ बजे

बालेनले देश दौडाहा गरिरहँदा अस्पतालमा उपचाररत छन् रवि

काठमाडौं– साताअघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर वरिष्ठ नेता

इरानमा प्रदर्शन दमन भयावह : ६ हजारभन्दा बढीको मृत्यु

एजेन्सी– इरानमा राष्ट्रव्यापी रूपमा भएका सरकारविरोधी प्रदर्शनमाथि गरिएको दमनका क्रममा

मस्कोको एक होस्टेलमा आगलागी : ४ जनाको मृत्यु, ६ घाइते

एजेन्सी– मस्को क्षेत्रको बलाशिखा शहरमा मंगलबार बिहान एक होस्टेलमा आगलागी

उपेन्द्रको क्षेत्रमा चुनावी अभियान तीव्र, विवेक पुर्‍याएर मत दिन आग्रह

राजविराज– जनता समाजवादी पार्टी नेपालकी नेता एवम् पूर्वमन्त्री रेणु यादवले