हिरासतमा अश्वेत व्यक्तिको मृत्युपछि अमेरिकाको मिनेशोटामा तनाव « Khabarhub

हिरासतमा अश्वेत व्यक्तिको मृत्युपछि अमेरिकाको मिनेशोटामा तनाव


१८ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरी हिरासतमै एक अश्वेत व्यक्तिको मृत्यु भएपछि अमेरिकाको मिनेशोटामा तनाव उत्पन्न भएको छ ।

जर्ज फ्लोइडको प्रहरी हिरासतमै मृत्यु भएपछि मिनेशोटामा सोमबारदेखि जारी प्रदर्शनले हिंसात्मक रूप लिएको छ ।

ब्यापक मात्रा प्रहरी परिचालन गरिए पनि प्रदर्शनकारीहरूले आगजनी, ढुंगामुडा र तोडफोड रोकेका छैनन् ।

तस्वीर : एपी

हिंसात्मक रुप लिएपछि अमेरिकाको मिनेशोटाका गर्भनरले त्यसको निन्दा गरेका छन् । मिनेशोटासहित अमेरिकाका विभिन्न क्षेत्रमा फ्लोइडको निधनपछि विरोध प्रदर्शन भइरहेका छन् ।

राज्यका गभर्नर टिम वाल्जले प्रदर्शन फ्लोइडको हत्याको विरोधमा मात्रै सीमित नरहेको बताएका छन् ।

फ्लोइडको हत्या आरोपमा मिनियापोलस प्रहरीका एक अधिकारीलाई पक्राउ गरी अभियोग दर्ता भएको छ तर पनि प्रदर्शन रोकिएको छैन ।

गएको सोमबार ती प्रहरी अधिकारीले ४६ वर्षका फ्लोइडलाई पक्राउ गर्ने क्रममा उनको घाँटीमा घुँडाले थिचेका भिडियो भाइरल भएको थियो ।

प्रकाशित मिति : १८ जेठ २०७७, आइतबार  ६ : ३२ बजे

परराष्ट्रमन्त्री खनाल र मङ्गोलियाका पूर्वप्रधानमन्त्री जन्दानशातारबीच  भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र नेपाल भ्रमणमा रहेका मङ्गोलियाका पूर्वप्रधानमन्त्री गोम्बोजभ

बढ्दो महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदले दैनिक उपभोग्य वस्तुको बढ्दो महँगी,

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी– कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले

आपसी सद्भाव कायम राख्नुपर्नेमा सांसदको जोड  

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले अहिलेको विषम परिस्थितिमा आपसी सद्भाव

थर्ड विकेन्ड कलेक्सनले देखाउँछ- ‘स्पाइडर म्यान’को चर्चाबीच ‘गौँथली’को रफ्तार कायमै

काठमाडौं – हलिउड फिल्म ‘स्पाइडर म्यान : ब्रान्ड न्यू डे’को